काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरुको बिहीबार बिहान सपथग्रहणको कार्यक्रम राखिएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले बुधबार साँझ मन्त्रिमण्डल पुनर्गठन गरेको रातोपाटीलाई बताए । तर मन्त्रिमण्डलमा क–कसलाई समेटिएको हो भन्नेचाहिँ उनले खुलाएनन् । ‘प्रधानमन्त्रीज्यूले मन्त्रीहरुको सूची राष्ट्रपति कार्यालयमा पठाउनु भएको छ, भोलि सपथ तय भएको छ’, को–को मन्त्री भएको भन्नेचाहिँ मलाई जानकारीमा आइसकेको छैन ।
नयाँ मन्त्री छान्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बुधबार ३ घण्टा लामो बैठक बसेको थियो । बैठकमा सचिवालका सदस्यहरुको सुझावको आधारमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डले मन्त्रीहरुको नाम टुंगो लगाएको बताइएको छ ।
मंगलबार नै मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले बुधबार आफू मन्त्रिमण्डल पुनर्गठनको तयारीमा रहेको भन्दै यो मन्त्रिपरिषद्को अन्तिम बैठक भएको र बैठकमा सहभागी मन्त्रीहरुलाई धन्यवाद समेत दिएका थिए ।
सोही योजनाअनुसार प्रधानमन्त्रीले साँझसम्म सहमति जुटाएर मन्त्रिमण्डल पुनर्गठन गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




