नयाँ पत्रिका दैनिकमा मन्त्रिपरिषद्ले पारित गरेको कार्यविधिअनुसार मन्त्रीलाई पनि दौरा–सुरुवाल शीर्षकमा समाचार छ । दक्षिण एसियाली खेलकुद ९साग०का आयोजकले मन्त्रीलाई दौरा–सुरुवाल दिने निर्णयको बचाउ गरेको छ । मन्त्रिपरिषद्ले पारित गरेको कार्यविधिअनुसार र चलिआएको परम्पराअनुसार नै पोसाक दिएको उसको स्पष्टीकरण छ ।
‘साग सम्पन्न गर्न प्रधानमन्त्रीको नेतृत्वमा उच्चस्तरीय निर्देशन समिति गठन गरिएको छ, समितिमा रहेका मन्त्रीहरूलाई पनि पदाधिकारीका रूपमा पोसाक दिइएको हो,’ १३औँ साग सचिवालयका प्रमुख कमल खनालले नयाँ पत्रिकासँग भने । खेलाडी र व्यवस्थापकलाई पोसाक दिनु स्वाभाविक भए पनि खेलकुदबाहेकका मन्त्रीलाई पनि पदाधिकारी मानेर पोसाक किन दिइयो भन्ने प्रश्नमा आयोजकमध्येका अर्का अधिकारी भन्छन्, ‘विगतमा पनि तत्कालीन युवराजाधिराजसम्मलाई यसै गरी पोसाक दिने गरिएको थियो, त्यो हाम्रो परम्परा हो, त्यसैले मन्त्रीहरूलाई पोसाक दिनु नौलो विषय होइन ।’
नीतिगत निर्णयअनुसार उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले दौरा–सुरुवाल र कोट लिइसकेका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले दौरा–सुरुवालबारे आफूलाई जानकारी नै नभएको दाबी गरेका छन् ।
पत्रिकामा नेता ठेकेदार भएका योजना अलपत्र हुने गरेको समाचार पनि छ । ओखलढुंगामा पूर्वाधार विकासका दर्जनभन्दा बढी योजना अलपत्र छन् । विभिन्न राजनीतिक दलका नेता ठेकेदार बनेर ठेक्का लिएका योजना अलपत्र परेका हुन् ।ठेक्का लागेका जिल्लाको मुख्य तथा सहायक सडक निर्माणदेखि पक्की पुल, शिक्षा र स्वास्थ्यका भवनसहितका संरचना निर्माणको काम अघि बढ्न सकेको छैन । कतिपय योजनाको काम तोकिएको समय सकिँदासम्म सुरु नै भएका छैनन् ।
अधिकांश योेजना अलपत्र छन् । यी सबै अलपत्र योजनाका ठेकेदार नेता हुन् । १० वर्षअघि तत्कालीन स्थानीय विकासमन्त्री राजेन्द्र पाण्डेले रामेछापको साँघुटारमा शिलान्यास गरेको साँघुटार–घोराखोरी–ओखलढुंगा–सिलौरीघाट सडक अलपत्र छ । कांग्रेस नेता कान्छाराम तामाङ, जितबहादुर श्रेष्ठसहितका निर्माण व्यवसायीले जिम्मा लिएको उक्त सडकमा भएको कामसमेत गुणस्तरीय नभएको संघीय संसद्को विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्काले बताइन् ।
नेता नै ठेकेदार रहेको र अलपत्र परेको अर्को योजना हो, मान्द्रे दोभानमा निर्माणाधीन पक्की पुल । ठेकेदार राजेन्द्र–लोकप्रिय जेभीका भीमबहादुर साउद कांग्रेस नेता हुन् । उनी अहिले डडेल्धुराको परशुराम नगरपालिकाका मेयर छन् । मोलुङ–एकवार सडकअन्तर्गतको मोलुङ दोभानमा अर्को सडक पुल निर्माणको काम अलपत्र छ । वाइबा–केउरिनी जेबी कन्स्ट्रक्सनका ठेकेदार रवीन्द्र लामा कांग्रेस नेता हुन् ।
अन्नपूर्ण पोष्ट दैनिकमा सीमा विवादको विषयमा नेपाल र भारतबीच कूटनीतिक जुहारी चलेको समाचार छ । विदेशी पूर्वराजदूत नेपालबारे कूटनीतिक मर्यादाविपरी बोल्न थालेपछि यहाँका पूर्वकूटनीतिज्ञले जवाफ दिएका छन् । भारतका पूर्वराजदूत श्यामशरणले नेपाली राजनीतिज्ञमाथि टिप्पणी गर्दै लेख लेखेपछि पूर्वपरराष्ट्रसचिव मधुरमण आचार्यले त्यसको खण्डन गरे ।
शरणले नेपाली पक्ष राजनीतिक खपताका लागि बढी राष्ट्रवादी देखिन भारतसँगका द्विपक्षीय मुद्दा चर्काउने तर वार्तामा पछि हट्ने आरोप ‘दि इन्डियन एक्सप्रेस’ मा लेखमार्फत लगाएका थिए । उनको आलेखलाई राष्ट्रसंघका प्रतिनिधिसमेत भएका आचार्यले खण्डन गरेका हुन् । आचार्यले उक्त अभिव्यक्त झुटो रहेका बताएका छन् ।
यता, भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा बेलायतवासी नेपालीले लण्डनमा प्रदर्शन गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको आह्वानमा लण्डनस्थित भारतीय हाइ कमिसन अगाडि सोमबार दिउँसो शान्तिपूर्ण प्रदर्शन गरिएको हो ।
नागरिक दैनिकमा बलात्कार गरेको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीको सञ्जाल सम्पर्क तथा पहुँच देशी विदेशी शक्तिकेन्द्रसम्म रहेको पाइएको छ । गिरीले आफूलाई आयुर्वेद, गौपालन, विज्ञान, धर्म–दर्शनका ज्ञाता र विभिन्न विश्वविद्यालयबाट विद्यावारिधि गरेको बताएका विभिन्न धार्मिक तथा आध्यात्मिक गतिविधि गर्दै आएका छन् ।
यी गतिविधि गर्दा उनले राष्ट्रपति, राजनीतिक दलका शीर्ष नेता, मन्त्री, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुखसँगै विदेशी शक्ति केन्द्रलाई समेत कन्भिन्स गरेर ल्याउँथे । नामुद व्यापारी, समाजसेवी, नागरिक समाजका अगुवा त उनले निम्तो गर्नासाथ आक्रममा पुग्थे । गिरीले २०६४ सालमा चतरामा आयुर्वेदिक स्वास्थ्य साधना शिविर सञ्चालन गरे । त्यो बेला क्रान्तिकारी कम्युनिस्ट नेता पुष्पकमल दाहाललाई झिकाएर भैँसी पूजा गराए ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




