
के गर्ला राजपा ?
उता समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि धेरैको आँखा अर्को दल राजपातिर सोझिएको समाचारमा उल्लेख छ । राजपा अब संघीय सरकारमा समेल हुन्छ र प्रदेश नं २ को सरकारसमेत हेरफेर हुन्छ भनेर राजनीतिक वृत्तमा अड्कल गर्न थालिएको छ । अड्कलवाजी जति सहजरुपमा गरिएको छ, राजपाका लागि भने सत्तारोह त्यत्तिकै कठिन छ । राजनीतिक इमान ख्याल गरेन र परिस्थितीअनुसार आफूलाई बदल्यो भने राजपाको सत्तारोहण धेरै टाढा छैन । केही समयदेखि आफैले भन्दै आएका एजेन्डा सम्झियो भने उसका लागि सत्तारोहण सजिलो छैन ।
बिग्रियो ‘सुत्र’ नष्ट भए डाटा
अन्नपूर्ण पोस्ट्का अनुसार देशभरकै स्थानीय तहको लेखाप्रणाली व्यवस्थित गर्ने सर्भर सुत्र लामो समयदेखि ‘बिग्रिएको’ छ । सम्बद्ध अधिकारीहरुले यसलाई ‘ह्याक’ भएको भन्दै आएका छन् । यसबाट ७ सय ५३ वटै स्थानीय तहका अघिल्लो वर्षको साउनयताका ‘डाटा’ नष्ट भएका छन् । महालेखा नियन्त्रक कार्यालयको नियन्त्रणमा रहेको सफ्टवेयर सबनेसनल ट्रेजरी रेगुलेटरी एप्लिकेसन ‘सुत्र’ को गडबडीबारे प्रहरीले अनुसन्धान थालेको छ ।
चिनियाँमाथि कारबाही गर्न अन्योल
काठमाडौँका विभिन्न स्थानबाट पक्राउ परेका १२२ जना चिनियाँ नागरिकलाई कुन कसुरअन्तर्गत कारबाही गर्ने भन्नेमा प्रहरीमा अन्योल छ । कान्तिपुरमा प्रकाशित समाचारका अनुसार कसुर नखुलाई नियन्त्रणमा लिएका उनीहरुविरुद्ध अभद्र व्यवहार गरेको अभियोगमा अनुसन्धान गर्न मंगलबार काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको हिरासत म्याद लिइएको छ ।
‘पक्राउ त गरियो तर कुन कसुरमा अनुसन्धान गर्ने भन्नेमै हामी अलमलमा छौं’ स्रोत उल्लेख गर्दै समाचार लेखिएको छ, ‘उनीहरु अहिलेसम्म कुन अपराधमा संलग्न छन् भन्ने खुलीसकेको छैन । भाषा समस्याका कारण पनि अनुसन्धानमा जटिलता भएर तत्कालका लागि अभद्र व्यावहारमा म्याद थप गरिएको छ ।’
गुट–उपगुटले ग्रस्त कांग्रेस
नागरिक दैनिकका अनुसार पार्टीलाई गुटमुक्त बनाउँदै विधि र विधान अनुसार सञ्चालन गर्ने प्रतिबद्धतासहित शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएको चार वर्ष पूरा हुन लागेको छ ।
विधानको अतिरिक्त सुविधा प्रयोग नगर्ने हो भने देउवाको चार वर्षे कार्यकाल फागुनमा सकिन्छ । तर एक वर्ष समय थप गर्ने समझदारी पार्टीभित्र निर्माण गरिसकेका देउवाले निर्वाचित भएपछिका दिनमा गुटबन्दी अन्त्य त परैको कुरा भयो विधिअनुसार पार्टी चलाउन मिल्दैन ।
१३ औं महाधिवेशन अन्त्यसँगै अर्को महाधिवेशनको जोडघटाउ र नेतृत्वका लागि आन्तरिक प्रतिस्पर्धा सुरु हुँदा कांग्रेसमा उल्दै गुटबन्दी झाँगिन पुग्यो । जसले गर्दा पार्टी पनि विधिअनुसार चल्न सकेन । आधा दर्जन गुट, त्योभन्दा धेरै उपगुट र समूह कांग्रेसमा सक्रिय हुँदा केन्द्रदेखि गाउँसम्मको संगठन विभाजित भएको छ ।
रोग परीक्षणका लागि दैनिक एकहजार नमुना भारततर्फ
नयाँ पत्रिकाका अनुसार विश्व बैंक र विश्व स्वास्थ्य संगठनले धेरै संक्रामक रोगको परीक्षण नेपालमै होस् भनेर ६ वर्षअघि टेकुमा प्रयोगशाला बनाइदिएका थिए । त्यो प्रयोगशाला नचलेपछि क्यान्सरलगायत रोगको परीक्षण गर्न दैनिक एक हजार नमुना भारत जाने गरेको छ ।
इबोला, निपा, प्लेग, सार्स, इन्फ्लुएन्जा, टोगाभाइरस, हेजमोराइज फिभर, क्यु फिभर, एन्थ्रक्स रिक्लिट सिनलगायतका संक्रामक रोग मात्र होइन, क्यान्सर, क्षयरोग, हर्मोन, प्रजनन् स्नायु रोगको समेत नमुना परीक्षण हुन सक्छ । तर यो प्रयोगशाला बन्द छ । नेपालमै सुविधा नहुँदा यस्ता रोगको आशंकामा दिनमा हजारभन्दा बढी बिरामीको नमुना भारत पठाउनुपर्ने बाध्यता छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




