काठमाडौँ, २० असार । मनसुन पूर्णरुपमा सक्रिय भएसँगै देशैभर वर्षात् भएको छ ।
एक साताअघि मनसुन सक्रिय भए पनि काठमाडौँ उपत्यकासहित कतिपय भेगमा वर्षा हुन सकेको थिएन । वर्षा नहुँदा उपत्यका आसपासका फाँटमा रोपाइँ गर्न समस्या भएको थियो । गत जेठ २९ गते पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन असार १३ गतेदेखि देशभरिनै फैलिएको छ । मध्यअसारमा पानी नपर्दा किसान छटपटीमा थिए । पूर्वका धेरै स्थानमा प्रर्याप्त वर्षात हुनसकेको थिएन । तर, सोमबारदेखि मनसुन पुनः सक्रिय भई उपत्यकासहित देशैभर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन न्यूनचापीय रेखा साधारण रहने स्थानभन्दा उत्तरतिर सरेकाले केही दिनयता मनसुनी वर्षा राम्रो भइरहेको मौमसविद् सुवास रिमाल बताउनुहुन्छ । उहाँका अनुसार बङ्गालको खाडीबाट आउने जलबास्प पूर्वी वायुले देशको प्रायःसबै ठाउँमा वितरण गरेको छ, यसले गर्दा देशभरनै वर्षा गराउने जलबास्प प्रशस्त मात्रमा देखिएको छ ।
भारतको पूर्वी उत्तर प्रदेशमा न्यूनचापीय क्षेत्र विकास भएको छ । यसको गति उत्तर पश्चिमतिर रहेकाले आज, भोलि र पर्सी देशभर बदली र वर्षा हुने मौसमी अनुमान छ । अहिले पूर्वी उत्तर प्रदेशमा घना बादल विकास भइरहेको र यसको असर स्वरुप आज दिनभर र राति देशका मध्यतराई चितवन, नवलपरासी, बारालगायत आसपास क्षेत्रमा भारी वर्षात् हुने सम्भावना रहेको मौसमविद् रिमालले बताए । त्यसैगरी बुधबार बिहानीपख सुदूरपश्चिमका तराई क्षेत्र कैलाली, कञ्चनपुरलगायत स्थानमा भारी वर्षात् हुने सम्भावना छ । महाशाखाको पछिल्लो विवरणअनुसार सबैभन्दा बढी धनगढीमा ९३ र सबैभन्दा कम पोखरामा ४ मिलिमिटर वर्षात् भएको छ । यस्तै नेपालगन्जमा ६६, दाङमा ६५, वीरेन्द्रनगरमा २६, डडेल्धुरामा २४ र दिपायलमा ४ तथा पूर्वको धनकुटामा ३३, ओखलढुङगामा १५, ताप्लेजुङमा १४, विराटनगरमा १० मिलिमिटर वर्षा भएको छ । काठमाडौँमा २५ मिलिमिटर र भैरहवामा २४ मिलिमिटर वर्षा भएको छ । वर्षासँगै देशैभर बढेको तापक्रम केही घटेको छ । आज सबैभन्दा बढी सिमरा र दाङमा ३१ तथा सबैभन्दा कम जुम्लामा १७ डिग्रिसेल्सियस तापक्रम रहेको छ । काठमाडौँको अधिकतम तापक्रम २८ र न्यूनतम तापक्रम २० डिग्रिसेल्सियस रहेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




