काठमाडौं । सरकारले काठमाडौंको अत्यधिक जाम हुने कोटेश्वरमा जाम कम गर्न एक महिनाभित्रै सर्भिस लेन निर्माण गर्ने तयारी गरेको छ ।
अर्थ मन्त्रालय, सडक विभाग, महानगरपालिका, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयलगायत सम्बद्ध पक्षको छलफलमा सर्भिस लेन खुलाउने विषयमा सहमति जुटेको हो ।
कोटेश्वरमा जाम कम गर्न आकासे पुल (ओभरहेड ब्रिज) निर्माण गर्ने तयारी भए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले असहमति जनाएको छ । कार्यालयले एयरपोर्टको सुरक्षालाई देखाएर ओभरहेड ब्रिज निर्माण गर्न असहमति जनाएपछि ब्रिज नबन्ने सम्भावना बढेर गएको छ ।
डिभिजन सडक कार्यालय, काठमाडौंका प्रमुख कुबेर नेपालीले कोटेश्वरमा सर्भिस लेनका लागि आज भोलि नै टेन्डर आह्वान गर्ने तयारी भइरहेको र एक महिनाभित्रै अस्थायी सर्भिस लेन सुरु गरिने जानकारी दिए । आजको राजधानी दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




