काठमाडौं । सेक्युरिटी प्रेस खरिदका लागि कमिसनमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत संलग्न भएको आरोपमा उनीसहित चार जनाविरुद्ध छानबिन गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दायर गरिएको छ। प्रधानमन्त्री ओलीसहित चार जनाविरुद्ध सो आरोपमा छानबिन गर्न माग गर्दै उजुरी दायर गरिएको हो।
बाँके जिल्लास्थित नेपालगन्जका प्रेमबहादुर शाही र मकवानपुर जिल्ला हेटौंडाका आनन्दराम पौडेलले प्रधानमन्त्री ओली, पूर्वसूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटालगायतविरुद्ध सेक्युरिटी प्रेस प्रिन्टिङ खरिद गर्नका लागि भ्रष्टाचार गर्न लागेको उल्लेख गदै अख्तियारमा उजुरी दायर गरेका हुन्।
उनीहरूले भू–उपग्रह खरिद, नेपाल टेलिकमको फोरजी सेवा विस्तार, अप्टिकल फाइबर विस्तारलगायतमा भ्रष्टाचार गरेको आरोपमा प्रधानमन्त्री ओली, पूर्वसञ्चारमन्त्री बाँस्कोटा, पूर्वसूचना सचिव महेन्द्र गुरुङ र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध छानविन गर्न माग गरेका छन्।
पूर्वमन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस खरिदका लागि नेपालस्थित एजेन्टसँग ७० करोड रुपियाँ कमिसन चाहिने भनी माग गरेको अडियो सार्वजनिक भएको थियो।
त्यस्तो अडियो सार्वजनिक भएपछि बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएका थिए । प्रधानमन्त्री ओलीलाई सो अडियोबारे डेढ महिनाअघि नै जानकारी भए तापनि त्यस सम्बन्धमा खासै चासो नदिएको उजुरीमा उल्लेख गरिएको छ।
त्यस्तो जानकारी भए तापनि प्रधानमन्त्री ओलीले त्यसलाई लुकाएर मतियारको कार्य गरेको उजुरीमा जनाइएको छ।
पूर्वसञ्चार मन्त्री बाँस्कोटाले प्रेस खरिद गर्दा २७ अर्ब लाग्ने भए तापनि त्यसलाई बढाएर २८ अर्ब बनाउनुपर्ने, सोबापत कमिसन ७० करोड रुपियाँ हुनुपर्नेजस्ता माग राखेको अडियो सार्वजनिक भएको थियो। नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




