काठमाडौं । यसका दुई कारण छन् । पहिलो रिक्त भएको दुई साता नबित्दै बढुवा सिफारिस भयो । विगतमा विवादका कारण नौं महिनासम्म निर्णय हुन सकेको थिएन । दोस्रो कारण चाहिँ सिफारिसमा वरिष्ठताको बरियता मिचिएन ।

बरिष्ठताकै आधारमा तारिणी लम्साल, शैलेश थापा क्षेत्री र हरि बहादुर पालको सिफारिस भएको छ । एआईजी सिफारिसलाई प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीको पहिलो सफलताका रुपमा लिइएको छ । तर, यसमा संयोगले पनि उनलाई साथ दियो ।

सत्तारुढ दल नेकपाभित्र आन्तरिक राजनीति चर्किएकाले यसपटकको एआईजी बढुवामा राजनीतिक चलखेल हुन नपाएको स्रोत बताउँछ । वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने/नलैजाने विवादमा नेकपा नेतृत्व अल्झिएको थियो ।

यही बेला एआईजी बढुवासम्बन्धि प्रस्ताव पुगेपछि प्रधानमन्त्रीले बरिष्ठताकै आधारमा गर्न निर्देशन दिएका छन् । एआईजी बढुवा सिफारिसले भावी एआईजीको खेल पनि हेरफेर हुने देखिएको छ ।

धेरैले असारपछि विश्वराज पोखरेल आईजीपी हुने आँकलन गरेका थिए । यसअघि उनी दुई ब्याचलाई टपेर डीआईजीमा बढुवा भएकाले पनि यस्तो आँकलन गरिएको थियो ।

शक्ति केन्द्रहरुसँग राम्रै सम्बन्ध भएपनि यसपटक उनलाई भाग्यले साथ दिएन । यससँगै अब असारमा आईजीपी हुने उनको सम्भावना लगभग सकिएको छ । दृष्टि साप्ताहिकबाट


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार