काठमाडौं । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी ओलीलाई सामान्य व्यक्तिसरहको अवस्थामा फर्किन समय लाग्ने चिकित्सकले बताएका छन् ।प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा।डा।दिव्या सिंह शाहले प्रधानमन्त्रीलाई सामान्य मानिसले जस्तै जिउन ६ महिनादेखि एक वर्षसम्म लाग्ने बताएकी हुन् ।
उपचारमा संलग्न चिकित्सकले प्रधानमन्त्रीको अवस्थाबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा डा। सिंहले भनिन्, ‘उमेर र दोस्रो प्रत्यारोपणले उहाँ (प्रधानमन्त्री) लाई सामान्य जीवनमा फर्कन केही समय लाग्छ । ६ महिनादेखि एक वर्षमा प्रधानमन्त्रीले सामान्य जीवन बिताउन सक्नुहुन्छ ।’
प्रधानमन्त्रीको तत्काल डिस्चार्ज पनि नहुने भएको छ । डिस्चार्ज गर्न सकिने अवस्था रहे पनि भिडभाडमा जान नहुने भएकाले केही दिन अस्पतालमै राख्ने निर्णय भएको पनि डा।सिंहले बताइन् । ‘प्रधानमन्त्रीको स्वास्थ्यमा अपेक्षाकृत सुधार आइरहेको छ । यद्यपि, हामी कन्फर्म र कन्फिडेन्स नभएसम्म डिस्चार्ज दिँदैनौँ,’ उनले भनिन् ।
परिवारका सदस्यले पनि घर लगेपछि राख्ने सुरक्षित स्थानको तयारी बाँकी रहेकाले तत्काल डिस्चार्ज नगरिदिन आग्रह गरेको चिकित्सकको भनाइ छ । ‘घर लगेपछि सुरक्षित राख्ने स्थानको तयारी बाँकी छ । परिवारबाट विशेष अनुरोधसहित केही दिन अस्पतालमै राख्न भन्नुभएको छ । त्यही अनुरोधअनुसार पनि हामीले निर्णय लिएका हौँ,’ डा।सिंहले भनिन् ।
प्रधानमन्त्रीलाई अहिलेसम्म आइसियूमै राखिएको छ । डा। पवन चालिसेका अनुसार प्रधानमन्त्रीलाई बुबाले समेत भेट्न पाएका छैनन् । भेटघाट रोक्नकै लागि आइसियूमै राखिएको उनले बताए ।
‘आइसियूबाट सीधै घर पठाउँदा भेटघाट बढ्ने र संक्रमणको खतरा हुने भएकाले पनि सावधानी अपनाउन परिवारका सदस्यले थप केही दिन अस्पतालमै राख्न खोज्नुभयो,’ डा।चालिसेले भने । संक्रमण रोक्न बालुवाटारमा प्रधानमन्त्री बस्ने कोठाहरूको व्यवस्थापन सकिएपछि डिस्चार्ज हुने चिकित्सकहरूले बताएका छन् ।
यसअघि बुधबार बिहानसम्म डिस्चार्ज गर्ने तयारीमा चिकित्सकहरू थिए । गत बुधबार प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण भएको थियो । मंगलबार सातौँ दिन उनको रक्तचाप, सुगरलगायत स्वास्थ्य सामान्य रहेको चिकित्सकले बताएका छन् ।
मिर्गौला दाता समीक्षा संग्रौला ज्ञवालीको स्वास्थ्य पनि सामान्य रहेको अस्पतालले जनाएको छ । उनलाई अस्पतालले डिस्चार्ज नदिए पनि परिवारका सदस्यलाई भेट्न भने दिएको छ । उनका श्रीमान् कमल ज्ञवालीका अनुसार समीक्षाको स्वास्थ्य सुधार भएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




