काठमाडौं । आज चैत ६ गते बिहीबार कोरोना भाइरस, यसले पारेको प्रभाव र यसबाट जोगिन बढाइएको सतर्कतामाथि दैनिक पत्रिकाहरू केन्द्रित भएका छन् । खासगरी सरकारको उच्चस्तरीय समन्वय समितिले कोरोनाभित्रिन नदिन बुधबार गरेको निर्णय आजका सबै दैनिक अखबारहरूको पहिलो प्राथमिकतामा परेको छ ।
‘हाई अलर्ट’ शीर्षक दिएर नयाँ पत्रिकाले मुख्य समाचार बनाएको छ । कोरोना भाइरसको सम्भावित संक्रमणलाई रोक्न सरकारले शुक्रबारदेखि अधिकांश अन्तर्राष्ट्रिय उडान रद्ददेखि २५ जनाभन्दा बढी जम्मा हुन नपाइने, विद्यालयदेखि विश्वविद्यालय बन्द गर्नेलगायत निर्णय लिएको समाचारमा उल्लेख छ ।
कोरोनाविरुद्धको राजनीतिक दलको तयारीबारे पनि नयाँ पत्रिकाले चर्चा गरेको छ । नयाँ पत्रिकाका अनुसार, नेकपाले जागरण अभियान सञ्चालन गरेको छ । पार्टी जिल्ला कमिटीले कोरोना भाइरसबाट जोगिने उपायबारे जानकारीमूलक पर्चा तयार गरी प्रत्येक घर तथा व्यक्तिसमक्ष पर्याएको जनाएको छ । यद्यपि, यो सबै जिल्लामा अझै चलेको छैन । पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान गरेको नेकपाले बागलुङमा पर्चा बाँड्दै गरेको फोटो नयाँ पत्रिकामा छ ।
कांग्रेसले पनि टोलसम्मका पार्टी कमिटीमा सर्कुलर गरेर सचेतना अभियान थालेको जनाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले ‘सहरदेखि गाउँसम्म र गाउँको टोल हुँदै घरघरसम्म सतर्कता अभियान अघि बढाइएको बताएका छन् ।
राजपा र समाजवादीले पनि नेकपा र कांग्रेसले जस्तै सचेतना अभियान चलाएका छन् । समाजवादीका अध्यक्ष डा। बाबुराम भट्टराईले आफ्नो ट्विटरमा नाम परिवर्तन गरेर ‘नियमित हात धोऔं’ राखेका छन् ।
उच्चस्तरीय समन्वय समितिले बुधबार गरेको निर्णयबारे मुख्य समाचार बनाएको कान्तिपुरले रोगबाट जोगिने टिप्स पनि दिएको छ ।
तनहुँमा चितुवा आतंक नरोकिएको समाचार नागरिकमा छ भने अन्नपूर्णले प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षबीच मनमुटाव बढेको लेखेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




