काठमाडौं । नेपाली हवाई उड्डयनको ६१ वर्षे इतिहासमा पहिलोपटक सोमबारदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाइएको छ । कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले आइतबार राति १२ बजेदेखि १८ चैतसम्म अन्तर्राष्ट्रिय उडान–अवतरणमा रोक लगाएको हो ।
नेपालले ०१५ सालदेखि अन्तर्राष्ट्रिय उडान थालेको हो । भूकम्प र ठुल्ठूला आन्दोलनका वेलासमेत अन्तर्राष्ट्रिय उडानमा रोक लागेको इतिहास छैन । सरकारको निर्णयले विभिन्न कामको सिलसिलामा नेपालमा रहेका १० हजार विदेशी नागरिक पनि स्वदेश फर्कन पाउने छैनन् । विदेशमा रहेको लाखौँ नेपाली पनि स्वदेश फर्कन पाउने छैनन् ।
सरकारको निर्देशनपछि एयरलाइन्स कम्पनीहरूले हवाई भाडाको अधिकतम मूल्य ३६ प्रतिशतसम्म घटाएका छन् । आन्तरिक उडानका तीन ठूला एयरलाइन्स कम्पनीले सबै क्षेत्रको अधिकतम भाडादर घटाएर सार्वजनिक गरेका छन् ।
कोरोना भाइरस सन्त्रासका कारण काठमाडौंबाट बाहिरिने यात्रुको संख्या ह्वात्तै बढेपछि एयलाइन्स कम्पनीहरूले सरकारले तोकेको अधिकतम भाडा लिन थालेका थिए । तर, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले शनिबार तत्कालका लागि अधिकतमको सीमा घटाएर भाडा तोक्न निर्देशन दिएका थिए । एयरलाइन्स कम्पनीहरूले आइतबार नयाँ भाडादर तोकेका हुन् ।
व्यवसायीले लिएको भाडा सरकारले नै तोकेको सीमाभित्रै रहे पनि जनतामा मार परेको गुनासो आएपछि सबै एयरलाइन्सले भाडादर घटाएको वायुसेवा सञ्चालक संघ ९आयोन० का प्रवक्ता योगराज कँडेलले बताए । घटाइएको भाडादर सोमबारदेखि नै कार्यान्वयनमा जाने एयरलाइन्स कम्पनीहरूले जनाएका छन् ।
वायुसेवा सञ्चालक संघले आइतबार विज्ञप्ति जारी गर्दै विराटनगरको अधिकतम भाडा पाँच हजार पाँच सय कायम गरिएको जनाएको छ । अहिले विमान कम्पनीले सात हजार नौ सयसम्म लिँदै आएका थिए ।
त्यस्तै, ६ हजार पाँच सय ४० अधिकतम भाडा रहेको राजविराजका लागि चार हजार दुई सय र नौ हजार आठ सय भाडादर रहेको भद्रपुरका लागि ६ हजार दुई सय नयाँ भाडा तोकिएको छ । त्यस्तै, १० हजार ६ सय भाडा रहेको नेपालगन्जका लागि ६ हजार तीन सय र धनगढीका लागि सात हजार नौ सय तोकेको छ ।
यसअघि धनगढीका लागि एयरलाइन्स कम्पनीहरूले १४ हजारसम्म भाडा लिने गरेका थिए । पाँच हजार तीन सय अधिकतम भाडा रहेको पोखराको अब तीन हजार सात सय नयाँ भाडा तोकिएको छ । ‘यो भाडादर चैत २१ गतेसम्म लागू हुनेछ,’ संघको विज्ञप्तिमा भनिएको छ ।
तारे होटेलका कर्मचारीलाई एक महिना तलबी बिदा
तारे तथा ठूला होटेलले कर्मचारीलाई एक महिना बिदा दिने निर्णय गरेका छन् । होटेल संघ नेपाल ९हान०ले अत्यावश्यक सेवामा कार्यरत कर्मचारी तथा श्रमिकबाहेक अन्य कर्मचारी र श्रमिकलाई एक महिना बिदामा पठाउने निर्णय गरेको छ । तर, परिस्थितिको समीक्षा गरी यो समय भने हेरफेर हुने संघका प्रथम उपाध्यक्ष विनायक शाहले बताए ।
कस्ता एयरलाइन्स नेपाल आउन पाउँछन् ?
अन्तर्राष्ट्रिय उडानमा रोक लगाइए पनि आकस्मिक सेवासहितका एयरलाइन्सले भने नेपाल आउन पाउने छन् ।
त्यस्तै, विदेशमा रहेका नेपालीको पनि उद्धार गर्न सकिने नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए । उनका अनुसार नेपालमा अझै १० हजार विदेशी नागरिक रहेको अनुमान छ । सरकारले गत सातादेखि पर्यटक भिसामा आउन ५५ देशलाई रोक लगाएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




