काठमाडौं — सरकारले एक साताका लागि लगाइएको लकडाउनको अवधि बढाउने गरी आवश्यक तयारी थालेको छ । सरकारले हवाई र स्थलमार्ग हुँदै नेपाल छिरेका मानिसको अन्तिम स्वास्थ्य जाँच रिपोर्ट नआएसम्म लकडाउन यथावत राख्ने गरी तयारी थाल्न गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिइसकेको छ ।
कोरोना भाइरस (कोभिड–१९) रोग रोकथाम तथा नियन्त्रणसम्वन्धी उच्चस्तरीय समन्वय समितिका एक सदस्यले अहिलेकै अवस्थामा लकडाउन खुल्ला गर्ने अवस्था नरहेको र त्यहीअनुसार सुरक्षा तथा दैनिक उपभोग्य बस्तुको सहज व्यवस्थापनका लागि उद्योगीरव्यवसायीहरुलाई भनिसकेको बताए।
चैत ११ गतेदेखि १८ गते बिहानसम्म एकसाताका लागि सरकारले लकडाउन घोषणा गरेको थियो। छिमेकी मुलुक भारतले पनि कोरोना संक्रमण फैलन नदिन २१ दिनका लागि लकडाउन गरिसकेको छ। भारतीय लकडाउनपछि दुवै देशका सीमाबाट आवतजावत हुन नदिन सुरक्षाकर्मीले पैदल गस्ती गरिरहेका छन्।
‘भारत र तेसो मुलुकबाट नेपाल आएका तथा अस्पतालको आइसोलेसनमा उपचाररत व्यक्तिको अन्तिम स्वास्थ्यजाँच रिपोर्ट विश्लेषणपछि मात्रै लकडाउनबारे सोच्न सकिन्छ,’ कार्यदलका ती सदस्यले भने, ‘कोरोनाको सम्भावित महामारीलाई भित्रिन नदिन सरकार हरसम्भव लागेको छ, यसमा आम नागरिकबाट सरकारलाई सहयोगको खाँचो निरन्तर आवश्यक छ।’ भारतबाट मात्रै सरकारले सीमा नाकामा निगरानी बढाएपछि ५ लाखभन्दा बढी मानिस नेपाल भित्रिएका थिए। उनीहरुबाट कोरोना भाइरस सर्नसक्ने आशंका गर्दै देशभरका प्रशासन कार्यालयलाई बाहिरबाट आएकाको निगरानी गर्न तथा अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्न गृह मन्त्रालयले निर्देशन दिइसकेको छ।
लकडाउन भएपनि दैनिक उपभोग्य बस्तुको अभाव हुन नदिन सरकारले सुक्ष्मरुपमा काम गरिरहेको र यसमा उद्योगीरव्यवसायीलाई विशेष आग्रह गरिएको कार्यदलका ती सदस्यको भनाई छ।
‘लकडाउन कार्यान्वयन र नागरिकको दैनिक जीवनयापनसँग सम्वन्धित उपभोग्य बस्तुको सहज व्यवस्थापनका लागि यसअघि नै सम्बन्धित निकायहरुलाई निर्देशन दिइसकेका छौं,’ प्रवक्ता शर्माले भने, ‘लकडाउन नागरिकको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै लगाइएको हो, सरकारले उचित समयमा हटाउछ, त्यसबेला सम्म यसको पालना सबैले मिलेर गर्नुको विकल्प छैन।’ नेपाल प्रहरी र सशस्त्र प्रहरीले लकडाउन पालना र विदेशबाट आएकालाई क्वारेन्टाइनमा राख्न आफ्ना संयन्त्रलाई देशभर परिचालन गरिएको बताएका छन्।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




