सिजुओका । गैर आवासिय नेपाली संघ (एनआरएनए )सिजुवोकाको दोस्रो अधिबेसनले पुन:माधव उप्रेती को संयोजकत्वमा १३ सदस्यिय नयाँ कार्यसमिती चयन् गरेको छ ।
आईतवार सम्पन्न अधिबेसन ले सर्वसम्मत ढंगबाट नयाँ नेतृत्व चयन् गरेको हो । नयाँ कार्यसमितीको उपसंयोजकहरुमा रमेश भण्डारी र रुपक बस्नेत रहनु भयको छ ।

कार्यसमिती को सचिबमा वीरेन्द्र केसी सहसचिव विजय सागर योन्जन र कोषाध्यक्षमा मोहन काफ्ले चयन् हुनुभयको छ ।त्यसैगरी सदस्यहरुमा विजय खड्का ,बिशाल भण्डारी ,बिष्णु लाम्गाडे ,अशोक शर्मा ,प्रताप तामाङ , राजु डंगोल र रुपेश भण्डारी रहनुभएको छ ।
नवगठित कार्यसमितीले आईतवार नै पदभार तथा सपथ ग्रहन गरिसकेको छ । पदभार तथा सपथग्रहन गैर आवासिय नेपाली संघ जापान का अध्यक्ष सुदन थापा ले गराउनु भयको थियो ।
यस अघी उदघाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी गैर आवासिय नेपाली संघ जापान का अध्यक्ष सुदन थापा ले संघका गतिबिधी हरु प्रचारमुखी भन्दा परिणाम मुखी मा केन्द्रित भयको हुँदा हामीलाई केही गरेन भन्ने आरोप लाग्ने गरेको बताउनु भयो । ससाना समस्या देखी निती नियम सँग जोडीयका समस्या हरु समाधान मा सधैं कटिबद्द रहेको बताउदै थापाले जापानमा रहेका नेपाली समुदाय को सहयात्रि संस्था बनाउने उल्लेख गर्नु भयको थियो ।रोबिन् अधिकारी ले स्वागत मन्तब्य दिनुभएको उदघाटन कार्यक्रममा जनसम्पर्क समिती जापानका महामन्त्री रेशम डंगोल प्रबासी नेपाली मन्च सिजुवोका संयोजक बाल कृष्ण ढुंगाना जनसम्पर्क समिती सिजुवोका का संयोजक आनन्द पुलामी नमस्ते नेपाल सिजुवोका का अध्यक्ष नरेश महर्जन ले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार