काठमाडौं । नेपालगञ्जमा थप ६ जनामा कोरोना पुष्टि भएको छ। यसअघि आजै ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो । या सहित आजै नेपालगञ्जमा १५ जना कोरोना संक्रमित भेटिएको मन्त्रालयले बताएको छ।

‘आज भेरी अस्पताल, नेपालगञ्जको प्रयोगशालामा भएको परीक्षण अनुसार नयाँ पुष्टि भएको संख्या ६ छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले बताएका छन्। ‘जो नेपालगञ्ज–०८ निवासी १६, २१, ३४ वर्षका पुरुषहरु हुनुहुन्छ भने ४०, ५५, ६० वर्षका महिलाहरु हुनुहुन्छ।’

मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ र उनीहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ। यो सहित देशभर संक्रमितको संख्या ७५ पुगेको छ।

यसअघि आइतबार नेपालगन्जमा ९ र पर्सामा १ गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। मन्त्रालयका अनुसार नेपालगन्जको प्रयोगशालामा पाँच पुरुष र ४ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो। देशभरका संक्रमितमध्ये १६ जना निको भएर घर फर्केका छन्।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार