काठमाडौं । बिहीबार चन्द्रागिरीमा पोजेटिभ भेटिएका ३२ वर्षीय पुरुष पनि उपत्यका बाहिरबाटै आएको पुष्टि भएको छ । सशस्त्र प्रहरीमा कार्यरत ती प्रहरीको स्थायी घर नेपालगञ्ज भएको र उनी विदामा नेपालगञ्ज गएको स्रोतले बताएको छ ।
सशस्त्र प्रहरी स्रोतका अनुसार उनी यसअघि भेटिएकी २७ वर्षीय संक्रमित महिलासँगै एउटै गाडीमा काठमाडौं आएका थिए । यद्यपि उनी सशस्त्र प्रहरीको कार्यालयमा उपस्थित नभई आफ्नो स्वास्थ्य परीक्षण गराएको स्रोतले बतायो ।
‘आज बिहान संक्रमण पुष्टी भएका ३२ वर्षीय पुरुष पनि संक्रमित महिलासँगै एउटै गाडीमा काठमाडौं आएको पुष्टी भएको छ । हामीले उक्त गाडीमा आएका अन्य मानिसहरुको पनि स्वास्थ्य परीक्षण गराइरहेका छौँ । उनीहरुले नेपालगञ्जबाट नै गाडीको पास बनाएर ३ दिन अघि मात्रै काठमाडौं आएको पत्ता लागेको छ । महिलाको श्रीमान पनि सशस्त्र प्रहरीका कर्मचारी भएपनि अहिले संक्रमित भएका पुरुष ती महिलाका श्रीमान भने होइनन् । ती महिलाका श्रीमान काठमाडौंमै थिए । महिला आफ्ना २ जना बालबच्चासँगै काठमाडौं आएकी थिइन् ।’ स्रोतले भन्यो ।
संक्रमण फैलिएको स्थानबाट आएको हुनाले उनीहरुलाई सुरुमै स्वास्थ्य परीक्षणका लागि टेकु अस्पताल लगिएको थियो । त्यसपछि उहाँहरु आ–आफ्नो कोठामा जानुभएको भएपनि अन्य मानिसहरुसँग भेटघाट नभएको स्रोतले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




