काठमाडौं । नेपालमा आइतबार बिहानै १० जना कोरोना संक्रमित पुष्टि भएको छ । स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार बिहानै १० जना कोरोना संक्रमित थपिएका हुन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या २९१ पुगेको छ । ३६ जना उपचारपछि निको हुदा १ जनाको ज्यान गएको छ । शनिबार राति सिन्धुपाल्चोककी एक सुत्केरी महिलाको कोरोना संत्रलमणबाट मृत्यु भएको पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षण अनुसार रौतहट राजपुर नगरपालिका फरहदवा–९ निवासी १८, ३२, ३६, ३९, ४२ र ४८ वर्षका पुरुषहरु तथा रौतहट इहानाथ नगरपालिका –३ र ५ निवासी २८, ३० र ३३ वर्षीय पुरुषहरु रहेका छन् ।

हालसम्म प्राप्त विवरण अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उहाँहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार