काठमाडौं । संखुवासभाबाट शुक्रबार दिउँसो थप उपचारका लागि हेलिकोप्टरमार्फत उद्धार गरिएकी खाँदबारी नगरपालिका–६ पांठाकी सुत्केरी गंगा कार्कीको मृत्यु भएको छ । उपचारका क्रममा शुक्रबार राति ११ बजे थापाथली प्रसूति गृहमा मृत्यु भएको अस्पताल विकास समितिका अध्यक्ष सुमन शाक्यले बताए ।
बच्चा गुमाएकी ३२ वर्षीया कार्कीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयअन्तर्गत अस्पतालका अध्यक्ष प्रमुख सुमन शाक्यको पहलमा उद्धार गरिएको थियो । सुत्केरी कार्कीको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि शुक्रबार ४ बजे थप उपचारका लागि थापाथली प्रसूति गृहमा लगिएको थियो ।
प्रसव पीडाले च्यापेपछि कार्की चैत ४ गते जिल्ला अस्पताल खाँदबारी अस्पतालमन सुत्केरी हुन भर्ना भएकी थिइन् । तर, उनको पेटमा रहेको बच्चा अप्ठ्यरो गरेर बसेको भिडियो एक्सरेबाट थाहा पाएपछि यहाँ नसक्ने भन्दै जिल्ला अस्पताल खाँदबारीले नोबेल अस्पताल विराटनगर रिफर गरेको थियो ।
सुत्केरी कार्कीको नोबेल अस्पतालमा अप्रेसन गरेर मृत बच्चा निकालेको थियो । शुक्रबार मृत्यु भएकी कार्कीको कोरोना भाइरस परीक्षण परिक्षण रिपोर्ट आएपछि पशुपति आर्यघाट काठमाडौंमै दाहसंस्कार गरिने खाँदबारी अस्पतालका अध्यक्ष शाक्यले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




