काठमाडौं । नेपालमा शनिबार थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर बिकास देवकोटाले थप ३६ जनाको कोरोना पुष्टि भएको जानकारी गराएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको सङ्ख्यम ५८४ जना पुगेको छ । जसमध्ये ७० जना उपचारपछि निको भएका छन् । ३ जनाको ज्यान गएको छ ।

यससँगै एकैदिन शनिबार ६८ जनामा कोरोना संक्रमित थपिएका छन् । यसअघि शनिबार बिहान पनि ३२ जना कोरोना संक्रमित थपिएका थिए ।

शनिबार सेती अस्पताल प्रयोगाशालामा गरिएको परिक्षणमा बैतडी शिवनाथ गाउपालिकाका ४ जना, कोसी अस्पतालमा झापा गाउपालिकाका १ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको नमुना परिक्षणमा बाँके नरैनापुरका ६ जना, नरैनापुर ३ का १५ जना, रनैनापुर १ बाँकेकै ६ जना, बर्दिया बडैयातालका १ जना र सुर्खेतमा ३ जना रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार