पर्सा । वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट कोरोना संक्रमण मुक्त भएपछि एकै परिवारका १८ जना घर फर्किएका छन् ।  उनीहरूको पछिल्ला २ वटा रिपोर्ट नेगेटिभ आएपछि आइतबार राती घर पठाइएको अस्पतालका डाक्टर उदयनारायण सिंहले जानकारी दिए ।
डिस्चार्ज हुनेमा वीरगञ्ज महानगरपालिका–३ छपकैयाका एकै परिवारका सदस्य रहेका छन् । डिस्चार्ज हुनेमा ४ महिनाको शिशुदेखि ६६ वर्षका वृद्ध रहेका डाक्टर सिंहले बताए । उनीहरू गत २१ वैशाखमा १ युवकमा कोरोना संक्रमण देखिएपछि परिवारका सदस्यहरूको परीक्षण गरिएको थियो ।

परीक्षणमा ति युवकको परिवारका १७ जना सदस्यमा २४ वैशाखमा संक्रमण पोजिटिभ देखिएको थियो । एकै दिन १८ जना निको भएर घर फर्किएसँगै नारायणी र गण्डक कोभिड–१९ अस्पतालमा गरी ७२ जना संक्रमितको उपचार जारी छ ।

शनिबार पनि नारायणी अस्पतालबाट ७ जना पनि कोरोना जितेर डिस्चार्ज भएका थिए । यो सँगै नेपालमा कोरोना जित्नेको संख्या  १ सय ५ पुगेको छ।  संक्रमितको सङ्ख्या ६०८ जना रहेका छन् । तीन जनाको ज्यान गएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार