चितवन । चितवनको भरतपुर अस्पतलामा उपचाररत हेटौडाकी कोरोना संक्रमित एक महिला आइतबार डिस्चार्ज भएकी छिन् । हेटौंडा उपमहानगरपालिका वडा नंम्वर १ चौकीटोल घर भएकी एक २५ वर्षीया गर्भवती महिला कोरोना संक्रमण पुष्टि भएको तेस्रो दिनमा नै संक्रमण मुक्त भएपछि अस्पतालले आइतबार बिहान डिस्चार्ज गरेको हो ।
गर्भवती ती महिलाले आफूलाई कोरोनाको संक्रमण कहाँबाट कसरी भयो भन्ने बारेमा नै आश्चार्यमा परेको बताइन् । ‘सुरुमा त रिर्पोट पोजेटिभ आयो भन्ने वित्तिकै डर लाग्यो,’ उनले भनिन्, ‘कसरी लाग्यो अचम्ममा परे, तर अहिले चाँडै नै निको भयो, खुसी लागेको छ । कोही पनि आत्तिनुपदैन’ उनले अस्पतालले दिएको सेवा प्रति धन्यवाद दिइन् ।
भरतपुर अस्पतलाका फिजिसियन डाक्टर प्रमोद पौडेलले उनको शरीरमा भाइरल लोड कम भएको र इम्युनिटी पावर पनि राम्रो भएकोले छिटो निको भएको हुनसक्ने बताए । पाँच महिनाकी गर्भवती रहेकी उनको स्वास्थ्य अवस्था सामान्य छ । भरतपुर कोभिड–१९ प्रयोगशालामा शनिबार दुईपटकसम्म गरिएको आरटी पीसीआर परीक्षणमा रिर्पोट नेगेटिभ आएपछि उनी कोरोनामुक्त भएकी हुन् ।
गएको जेठ ९ गते चितवनबाट हेटौंडा गएकी ति महिलाको जेठ १४ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो । आरडीटी परीक्षण नेगेटिभ देखिए पनि पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएपछि उनलाई भरतपुर ल्याएर भरतपुर अस्पतालमा उपचार गरिएको थियो । उनी र उनका श्रीमान चितवनमा नै रोजगारी गर्दछन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




