रुकुम– पश्चिम रुकुमको चौरजहारी घटनापछि भेरी नदीमा बेपत्ता भएकामध्ये थप एक युवकको शव फेला परेको छ। योसँगै सो घटनामा परी मृत्यु भएका ६ जनाकै शव भेटिएको छ ।

मंगलबार साँझको समयमा स्थानीहरुले एक बेपत्ता व्यक्तिको शव भेटिएसँगै मृतक सबैको शव भेटिएको हो। भेरी नगरपालिका ११ बस्ने १८ वर्षीय गोविन्द शाहीको शव २० गते भेटिएको हो। साँझ करिब ६ बजे भेरी नगरपालिका–१३ स्थित भेरी नदीमा स्थानीय बासिन्दाहरुले फेला पारेको प्रहरीले जानकारी दिएको हो। यसअघि गत बिहीबार नदीमा लोकेन्द्र सुनारको शव भेटिएको थियो।

जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय युवक नवराज विक र छिमेकी जिल्ला पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया मल्ल थरकी एक किशोरीबीच प्रेम बसेको थियो।

१९ जना युवा‚ केटीलाई लिन केटीको गाउँ गएपछि स्थानीयले घेरा हालेर लखेटेका थिए। सो क्रममा नवराज विकसहित चौरजहारी नगरपालिका–१ टीकाराम सुनार र भेरी नगरपालिका–४ का गणेश बुढा, लोकेन्द्र सुनारको शव भेरी नदीमा भेटिएको थियो।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार