काठमाडौं, ३ साउन । भौतिक संरचना नहुँदा स्थानीय तहमा कामकाज गर्नका लागि समस्या भएको छ ।
स्थानीय तहको निर्वाचनपछि यही साउन १ गतेदेखि स्थानीय तहमै जिल्लास्तरका सरकारी कार्यालयले कामकाज शुरु गर्न थाले पनि कार्यालय सञ्चालनका लागि भौतिक संरचना छैन । ‘गाउँपालिकाबाटै सरकारी सेवा दिन खोजिए पनि कार्यालय सञ्चालनका लागि भौतिक संरचना नहुँदा काम शुरु हुनसकेको छैन ।’ भागेश्वर गाउँपालिका अध्यक्ष कौशिला भट्टले भने । कार्यालय सञ्चालनका लागि न त सरकारी घर छ, न निजी घर । कार्यालय सञ्चालन त परै जाओस् कर्मचारीको आवासका लागि समेत घर भाडामा नमिलेको भट्टले बताए । गाउँपालिकाको सानो घरमै जिल्लाबाट गएका सरकारी कार्यालयका कर्मचारी बस्ने गरेका छन् । ‘कार्यालय सञ्चालनका लागि पहिला भवनको खोजी गरेर मात्रै पठाइनुपथ्र्यो ।’ भट्टले बताए । अमरगढी नगरपालिकासहित अन्य छ स्थानीय तहमा भवनलगायत भौतिक संरचना नहुँदा कार्यालय सञ्चालनमा समस्या हुने गरेको छ । भवन नहुँदा सेवाग्राहीलाई सेवा दिनसकिएको छैन । सरकारले स्थानीय तहमै अधिकांश सेवा दिनका लागि कर्मचारी पठाए पनि कार्यालय स्थापनाका लागि भवन नहुँदा कार्यालय व्यवस्थापन हुनसकेको छैन । यति मात्रै नभई स्थानीय तहमा गएका कर्मचारीलाई आवासका लागि समेत समस्या भएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




