सुर्खेत । बुधबार राती मृत्यु भएका सुर्खेतका १ युवकमा कोरोना भाइरस पोजिटिभ देखिएको छ । कर्णाली प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्काका अनुसार  पञ्चपुरी नगरपालिका १ हाँसे गाउँका ती युवकमा  पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको हो ।

यद्यपि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनको मृत्युको पुष्टि गर्न बाँकी छ । आरडीटी नतिजा नेगेटिभ आएपछि उनी बुधबार १४ दिनको क्वारेन्टाइन बसाइपछि घर फर्किएका थिए । घर फर्किएकै राती ति युवकको मृत्यु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार