काठमाडौं, ४ साउन । मुटुमा समस्या आएपछि पूर्व राजा ज्ञानेन्द्र शाह अस्पतालमा भर्ना भएका छन् ।
शाह बुधबार विहान नर्भिक अस्पतालमा भर्ना भएका हुन् । नियमित चेकजाँचका क्रममा मुटुको धमनीमा केही अवरोध देखिएपछि उनलाई भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ । शाहको सुरुमा एनजीओग्राफी गर्ने र आवश्यक परे एनजीओप्लाष्टी गर्ने तयारी छ । ‘धेरै सिरियस होइन । नियमित चेकजााच गर्ने क्रममा मुटुका धमनीहरुमा केही अवरोध देखिएको छ’ चिकित्सकहरुको भनाइ उदृत गर्दै स्रोतले भनेको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार