पोखरा । स्याङ्जाका कोरोना संक्रमित एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा उपचाररत स्याङ्जाका कोरोना संक्रमितको मृत्यु भएको हो ।

संक्रमित पुरुषमा आइतबार मात्रै कोरोना पुष्टि भएको थियो । स्याङ्जाको वालिङ नगरपालिका स्थायी ठेगाना भएका ६० वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार