
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले कोरोना नियन्त्रणका लागि खर्च गरेको भनेको १० अर्ब रुपैयाँको पारदर्शितामाथि प्रश्न उठाएको छ । केन्द्रीय समितिको सोमबार बसेको आकस्मिक बैठकमार्फत कांग्रेसले सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि खर्च गरेको भनिएको १० अर्ब रुपैयाँको पारदर्शितामाथि प्रश्न उठाएको हो ।
‘सरकार कोरोना नियन्त्रणका लागि १० अर्ब रुपैयाँ खर्च भयो भन्दै छ । सरकारबाट खरिद भएका भनिएका सामान नक्कली देखिएका छन् । कहाँ कति रकम कसरी खर्च भयो, त्यो प्रस्ट भएन । बैठकमा सरकारले कोरोना नियन्त्रणका लागि सरकारी तवरबाट भएका खर्चको पारदर्शितामाथि प्रश्न उठेको छ,’ बैठकपछि कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले राजधानीसँग भने ।
बैठकमार्फत कांग्रेसले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा सरकार असफल भएको निष्कर्षसमेत निकालेको छ । बैठकपछि केन्द्रीय सदस्य रमेश लेखकले कोरोना नियन्त्रणमा सरकार पूर्ण रूपमा असफल भएको बैठकको निष्कर्ष रहेको जानकारी दिए ।
‘स्वास्थ्य सामग्रीमा भ्रष्टाचार, आपूर्तिमा अन्योल र कमी, व्यवस्थित क्वारेन्टिनको अभाव, परीक्षण कीटको अभाव र न्यूनतम दायरालगायतले कोरोना नियन्त्रणमा सरकार असफल भएको प्रस्ट छ,’ लेखकले भने ।
कांग्रेसले बैठकमार्फत सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरेका कामको अनुगमन गर्न सहमहामन्त्री डा। प्रकाशशरण महतको संयोजकत्वमा प्राविधिकसहितको अनुगमन समितिसमेत बनाएको नेता विश्वकर्माले जानकारी दिए ।
‘सरकारले गरेका राम्रा तथा नराम्रा काम, क्वारेन्टिन खर्च, क्वारेन्टिनको व्यवस्थापन तथा परीक्षणलगायतका विषयमा अनुगमन गर्न समिति बनाइएको हो । समितिले प्राविधिक हितको उपस्थितिमा देशभरको अवस्थाको अनुगमन गर्छ,’ नेता विश्वकर्माले भने ।
कांग्रेसले मुलुकमा कोरोना संक्रमणका कारण स्वास्थ्य संकट र आर्थिक संकट तथा भोकमरी आउन सक्नेतर्फ बैठकमार्फत नै सरकारलाई सचेत गराएको छ । यसैगरी, विदेशबाट ल्याउने भनिएका नागरिक, उनीहरूको स्वास्थ्य जाँच र उनीहरूलाई क्वारेन्टिनमा राख्ने र सुरक्षित रूपमा घर पठाउनेतर्फ सरकारले प्रभावकारी योजना बनाउन नसकेको कांग्रेसको निष्कर्ष छ ।
यसैगरी, संक्रमण बढ्दै जाँदा सरकारले त्यसको रोकथामका लागि उपयुक्त कदम चाल्न नसकेको र परीक्षणसमेत प्रभावकारी रूपमा व्यापक बनाउन नसकेको कांग्रेसले सरकारलाई आरोप लगाएको छ । सरकारले कोरोना नियन्त्रणका लागि लकडाउनलाई मात्र विकल्प देखेको कांग्रेसले भनेको छ ।
कांग्रेसले सरकार संकटको वर्तमान अवस्थामा समेत प्रभावकारी रूपमा अघि नबढेको भन्दै जनता प्रति उत्तरदायी बन्न र जिम्मेवार भूमिका देखाउँदै अवस्थालाई गम्भीर बन्नबाट रोक्न सरकारलाई ज्ञापनपत्र बुझाउने, सीमा र नक्साका विषयमा जस्तै कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारलाई पूर्ण रूपमा सहयोग गर्ने निष्कर्षसमेत बैठकले निकालेको छ । ज्ञापनपत्र भने वरिष्ठ नेता रामचन्द्र पौडेलमार्फत बुझाइने कांग्रेसले जनाएको छ ।
कोरोनाबाट प्रभावित अर्थतन्त्रको उत्थानका लागि उद्योग व्यवसायीलाई उचित प्याकेजको व्यवस्था गर्नसमेत सरकारसँग कंग्रेसले माग गरेको छ । यस्तै, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी, स्थानीय तहका निर्वाचित प्रतिनिधि र सञ्चारकर्मीलगायत अग्रपंक्तिमा रहेर काम गर्नेहरूका लागि स्वास्थ्य सुरक्षाका सामग्री उपलब्ध गराउन पनि सरकारलाई कांग्रेसले बैठकमार्फत ध्यानाकर्षण गराएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




