बेँसीशहर, ४ साउन । विज्ञको अध्ययनले नेपालकै मेगा (ठूला) पहिरो भनिएको भोजे र चिप्लाको पहिरोले लमजुङका दुई गाउँका बासिन्दा त्रासमा बस्न बाध्य भएका छन् ।
पश्चिम लमजुङको भोजे र उत्तरको चिप्लामा बग्ने पहिरोले दुवै गाउँका बासिन्दालाई त्रसित बनाएको हो । प्रत्येक वर्ष बर्खाको समयमा निरन्तर बगिरहने यी दुई पहिरोबाट भोजे र चिप्लाका गाउँले त्रासमा दिनरात कटाउँदै आएका छन् । वर्षांैदेखिको पहिरोले खेतीयोग्य जमिन बगाइसकेको छ । पहिरोले बाटोसमेत बगाएको छ । ओहोरदोहोर गर्दा प्रत्येक पटक नयाँ बाटो बनाएर हिँड्नुपर्ने बाध्यता छ । भोजेको पहिरोबाट छ घर अघिल्लो वर्षनै विस्थापित भइसकेका छन् । स्थानीय वडा सचिव लिलाकुमारी तिवारीका अनुसार ३० घर विस्थापित अवस्थामा रहेका छन् । पहिरो जोखिमका कारण सबै गाउँलेले रातमा राम्रोसँग सुत्न पनि नपाएको वडा सचिव तिवारीले बताए । यस्तै, चिप्लाको पहिरोबाट आठ घर विस्थापित भइसकेका छन् । पहिरोका कारण तल्लो चिप्लाका १७ र माथिल्लो चिप्लाका २२ घर जोखिममा रहेको विस्थापित बेलबहादुर गुरुङले बताए । गुरुङका अनुसार दुई ठाउँबाट पहिरोले च्याप्न थालेपछि स्थानीय विस्थापित भएका हुन् । यसअघि पहिरो निरीक्षणमा गएको सरकारी विज्ञटोलीले गाउँ नै स्थानान्तरण गर्नुपर्ने सुझाव दिएको थियो । तर अहिलेसम्म गाउँ स्थानान्तरण हुन सकेको छैन । पहिरो खसिरहने, पहिरोले बँेसी झर्ने बाटो बगाउने, घरका आँगन, पिँढी, कोठाका भुइँहरु भासिने, ठूलो पहिरोको वरिपरि स–साना अन्य पहिरो जाने, पहिरो आसपासको क्षेत्रका चट्टान मक्किएको, चर्किएको र त्यसमाथि गेग्रानको तह बढी रहेकोले गाउँ निकै जोखिमपूर्ण रहेको विज्ञको भनाइ छ ।
पहिरो नियन्त्रणका लागि अहिलेसम्म जिविस, जलउत्पन्न प्रकोप केन्द्र, भूसंरक्षणलगायतले लाखौँ रुपैयाँ खर्च गरिसकेका छन् । मेगा पहिरो भएकाले सानो रकमले नियन्त्रण गर्न नसकिएको स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देलले बताए । दुई वर्षअघि भौतिक तथा शहरी विकास मन्त्रालयका इन्जिनियर मणिकुमार राई नेतृत्वको विज्ञ टोलीले पनि भोजे पहिरोको अध्ययन गरेको थियो । अध्ययनले भोजेको पहिरो नेपालकै ठूलो पहिरोमा पर्ने निष्कर्ष निकालेको थियो
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




