काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा ४२५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले सो जानकारी गराएका हुन् ।

आइतबार ३७५ जना पुरुष र ५० जना महिलामा संक्रमण पोजेटिभ देखिएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७६० पुगेको छ । जसमा ५३२४ जना पुरुष र ४३६ जना महिला छन् । आइतबार रुकुम पुर्वमा कोरोना देखिएसँगै नेपालमा कोरोना ७३ जिल्लामा फैलिएको छ ।

पछिल्लो २४ घन्टामा ६१ जना डिस्चार्ज भएका छन् । यससँगै नेपालको कोरोना संक्रमण मुक्त हुनेको संख्या ९७४ जना पुगेको छ । जसमा ८७७ जना पुरुष र ९७ जना महिला छन् ।

यस्तै कोरोनाबाट आइतबार कोरोनाबाट थप एक जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गुल्मीका २६ वर्षीय पुरुषको गत जेठ १२ गते कोरोना संक्रमण पुष्ट भएको र उपचारको क्रममा शनिबार राति मृत्यु भएको छ ।

जेठ १२ गते प्रदेश प्रयोगशाला रुपन्देहीमा कोरोना पुष्टि भएको थियो । क्यान्सर रोगसँग जुधिरहेका उनी केही साताअघि भारतबाट नेपाल आएको मन्त्रालयले जनाएको छ । यससँगै कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार