गोरखा, ४ साउन । ०७२ को भूकम्पबाट क्षति पुगेको ऐतिहासिक, पुरातात्विक, धार्मिक एवम् पर्यटकीय महत्वको गोरखा दरबारको पुनःनिर्माण थालिएको छ ।
दरबार भत्काएर जगैदेखि पुनःनिर्माण गर्न लागिएको हो । गोरखा दरबार हेरचाह अड्डाका नायब सुब्बा रामेश्वर कट्टेलका अनुसार दरबारलाई चारैतिरबाट जस्ता पाताले घेरेर भत्काउन सुरु गरिएको छ । सो कार्यका लागि २० लाख बजेट उपलब्ध भएको उनले जानकारी गराए । पुरातत्व विभागले जगैदेखि दरबार पुनःनिर्माण गर्न भनेपछि भत्काउन सुरु गरिएको हो । पुरातत्व विभागले पुनःनिर्माणका लागि रु पाँच करोड ५० लाख उपलब्ध गराएको छ । दरबारका मूल पूजारी प्रदीपनाथ योगीले नेपाल एकीकरणको थालनी भएको गोरखा दरबारलाई पुनःनिर्माण गरेपछि भावी सन्ततीलाई यसबारे जानकारी गराउन सकिने भन्दै खुशी व्यक्त गर्नुभयो । भूकम्पले दरबारको गारो चर्कनुका साथै आँगन दबेको थियो । तत्कालीन राजा पृथ्वीनारायण शाहले २० वर्षको उमेरमा राज्याभिषेक गरेको गोरखा दरबारसँगै रहेको गोरखकाली मन्दिर (राजपरिवारको कुलदेवता), गोरखनाथ गुफा, रोट पोल्ने ठाउँ, चौधेरा दरबार (राजपरिवार आउँदा बस्ने ठाउँ), विद्यामन्दिर, पण्डित पाटी, पशुपतिनाथको मन्दिर, शीत्तल पाटीलगायतलाई भूकम्पले क्षति पु¥याएको थियो । गोरखनाथ गुफास्थित मन्दिरको पुनःनिर्माण सकिएको छ । भूकम्पपछि एक महिनासम्म दरबारमा पूजाअर्चनाका लागि भक्तजनलाई रोक लगाइएको थियो । भूकम्पबाट क्षति पुगेका संरचना हटाएपछि अहिले निर्वाध रुपमा पूर्जाअर्चना हुँदै आएको छ । गारो चर्किएकाले जुनसुकै बेला भत्कन सक्ने खतरा थियो । भूकम्पपछि प्राप्त भएको रु ३६ लाख बजेटमा भत्किएका केही संरचना पुनःनिर्माण गरिएका छन् । दरबारको पुनःनिर्माण गर्न करिब तीन वर्ष लाग्ने छ । पुनःर्निर्माण गरिँदा पूजाआजा नरोकिने गरी व्यस्थापन गर्न लागिएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




