काठमाडौं । गण्डकी प्रदेशको मनाङ जिल्लामा पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमित भेटिएको छ ।  गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमको प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जारी गरेको विज्ञप्तिमा मनाङको भामे गाँउपालिकामा कार्यरत ५७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

उनको स्थायी ठेगाना कपिलवस्तु जिल्ला बाढगंगा १४ रहेको छ । यससँगै नेपालको ७४ जिल्लामा कोरोना संक्रमण फेलिएको छ । अब तीन जिल्ला मात्रै कोरोनामुक्त छन् ।  यस्तै गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणको संख्या २८९ पुगेको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा १८ जनामा कोरोना पुष्टि भएको छ । मध्यविन्दु नगरपालिकाका १५ जना र गैडाकोट नगरपालिकाका ३ जना छन् । यस्तै तनहुँको ऋसिङ गाउँपालिकामा ७ जना, शुक्ला गण्डकी नगरपालिकामा १ जना र भानु नगरपालिकामा ४ जना गरी १२ जना थपिएका छन् ।  यस्तै गोरखाको पालुङटार नगरपालिकामा ७ जना र शअिद लखन गाँयपालिकामा ४ जना गरी ११ जना नयाँ संक्रमित थपिएका छन् ।

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार