काठमाडौं । सरकार विद्यालय खुलाउने पूर्वतयारीमा लागेको छ । विद्यालय खुला गर्ने पूर्वानुमान गरी कम्तिमा १५ दिनअगावै सम्पूर्ण तयारी गर्नुपर्ने सर्त अघि सारिएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तयार गरेको विद्यालय पुनः सञ्चालनसम्बन्धी कार्यविधिमा सो विषय उल्लेख गरेको छ । केन्द्रका सहसचिव एवं उपमहानिर्देशक अणप्रसाद न्यौपानेको संयोजकत्वमा गठित समितिले तयार गरेको कार्यविधिमा विद्यालय सुरक्षित र संरक्षित, विद्यालयमा उपलब्ध सुविधालगायतका विषयमा बालबालिका र अभिभावक लक्षित गरी आवश्यकताअनुसार स्थानीय भाषामा विद्यालयसम्बन्धी सामग्री प्रकाशन तथा प्रसारण गर्नुपर्ने उल्लेख गरिएको छ ।
त्यसका लागि स्थानीय तहका जनप्रतिनिधि, अभिभावक, स्थानीय शिक्षाविद्, प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारी, स्वास्थ्यकर्मी, बाल युबा क्लबसँग परामर्श गर्नुपर्नेछ ।
सरकारले १ असारदेखि लकडाउन खुला गरेलगत्तै विद्यालयको प्रशासन खुला गरेको थियो । सो अघि तयार गरेको गरेको कार्यविधिमा भौतिक दूरी कायम राखी सिक्ने वातावरण तयार गर्न कक्षाकोठा, फर्निचर, शौचालय आदिको आवश्यकताअनुसार पुनव्यवस्थापन वा मर्मत गर्ने र व्यवस्थापनमा सहजताका लागि अलगअलग सत्र, समय छोट्याउने, अवस्था हेरी तल्ला कक्षालाई पहिले वा माथिल्लोलाई पहिले जोखिम र सहजतालाई हेरी कक्षा शुरू गर्ने, हप्तामा केही दिन, दिनमा केही घण्टा सञ्चालन गर्ने गरी तयारी गर्न भनेको थियो ।
समितिले विभिन्न सरोकारवाला निकायसँग छलफल गरी कार्यविधि तयार गरेको जनाएको छ । संयोजक सहसचिव न्यौपानेले सो कार्यविधि मन्त्रालयमा पेस गरेको जानकारी दिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले सरकारले लकडाउन खुकुलो गरेर विद्यालय प्रशासन खुला गर्ने निर्णय गरेजस्तै विद्यालय खोल्न सक्ने संकेत गरेको १५ दिन अघि विद्यालय प्रशासनले सम्पूर्ण तयारी गर्न कार्यविधि निर्माण गरेको बताए । उनले कार्यविधि बनेपछि नयाँ योजनाअनुसार विद्यालय सञ्चालन गर्नुपर्ने बताए ।
मन्त्रालयका अनुसार स्थानीय र प्रदेश सरकारका साथै नेपाल शिक्षा समूह, शिक्षा क्षेत्रमा काम गर्ने दातृ निकाय र गैरसरकारी संस्थासँग समेत आवश्यक समन्वय र परामर्श गरी तयार गरेको हो । विद्यालय पुनः सुचारु गर्दा संक्रमणको दर सबैभन्दा न्यून रहेको तथा स्थानीय जोखिम सबैभन्दा कम रहेको स्थानबाट र विद्यालयबाट सुरू गर्ने योजना कार्यविधिमा लेखिएको छ ।
विद्यालय खुलेपछि विद्यालय परिवारबाहेक अन्य व्यक्तिलाई विद्यालय परिसरमा आउन निषेध गर्ने र अत्यावश्यक कामका लागि नआई नहुने परिस्थिति भएमा प्रधानाध्यापकको अनुमति लिई मास्क लगाएर मात्र आउने व्यवस्था गर्ने कार्यविधिमा लेखिएको छ ।आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




