काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ४२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा ८८ महिला र ३३८ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएको छ ।

यो सँगै नेपालमा कूल संक्रमितको संख्या ८, २७४ पुगेको छ । जसमा ७५६७ जना पुरुष तथा ७०७ जना महिला रहेका छन् । कोरोना ७४ जिल्लामा फैलिएको छ ।

यस्तै शुक्रबारसम्म १४०२ जनाले कोरोना जितेको पनि मन्त्रालयले जानकारी दिएको छ । शुक्रबार २०७ जना पुरुष र ९ जना महिला गरी २१६ जना उपचारपछि निको भएका हुन् । यस्तै मृतकको संख्या २२ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार