काठमाडौं, ६ साउन । व्यवस्थापिका संसदको विकास समितिको वैठकमा शिक्षा मन्त्रालय र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिवबीच वाक युद्ध चलेको छ ।
निकै वेरसम्म चर्काचर्की परिरहँदा समितिका सभापति रवीन्द्र अभिकारी पटक पटक सम्झाउनमा व्यस्त देखिएका थिए । विकास समितिमा पक्ष प्रतिपक्ष हुँदैन सभापति अधिकारीले यसो भनिरहँदा दुई मन्त्रालयका अधिकारीबीच आरोप प्रत्यारोप चलेको थियो । यतिसमम कि स्थानीय विकास सचिव दिनेशकुमार थपलियाले आफूले शिक्षा नजानेको बताएपछि शिक्षा मन्त्रालयका निमित्त सचिव सूर्यप्रसाद गौतमले आफू संघीयता नजानेको भनेर भनेका थिए । नेपाल समाचारपत्रमा सामाचार छापिएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार