काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसेमा आएको बाढीले करिब एक दर्जन घर बगाएको छ । कम्तिमा १६ जना मानिस वेपत्ता छन् । हाइड्रोपावरमा पनि बाढीले ठूलो क्षति पुर्याएको अनुमान छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी प्रज्ज्वल महर्जनले जम्बु र भोटेकोशी गाउँपालिकामा क्षति भएको खबर आएकाले टोली परिचालन गरिएको बताए । बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाका अनुसार बाढीले जम्बु बजार नै बगाएको छ ।
बाढीले अरनिको राजमार्ग पनि भत्काएको छ । जुरे पहिरो नजिकबाटै अरनिको राजमार्ग अवरुद्ध छ । अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे–कोदारीखण्डको खगदल भन्ने स्थानको पक्की पुल बाढीले बगाएपछि आवतजावत पूर्णरुपमा बन्द भएको छ ।
त्यसभन्दा करिब आधा किलोमिटर अगाडि वडा नं। ५ र ८ को बीचमा पनि केही घरहरु बाढीले बगाएको मेयर शेर्पाले बताए । उनले भने, ‘त्यहाँ दुई जनाको शव भेटिएको छ र करिब १८ जना वेपत्ता भएको खबर छ ।’
भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलका अनुसार बर्कुटे भन्ने स्थानमा एक घर परिवार वेपत्ता भएको छ । परिवारका चार जना सदस्य रहेको र खोजीका लागि जिल्ला प्रहरी कार्यालयबाट टोली बोलाइएको छ । डाडे खोलाको पुल पनि बाढीले बगाएको छ । १० दिनको एक शिशु र अर्का एक बच्चाको उद्धार गरिएको छ ।
बाह्रबिसेको जुरेदेखि नै बाटो अबरुद्ध भएकाले उद्धारमा कठिनाइ भएको पौडेलले बताए । उनले भने, ‘जिल्लाबाट हेलिकप्टर मगाउन समन्वय गरिरहेका छौं ।’ यसैबीच सभामुख अग्निप्रसाद सापकोटासहितको टोली हेलिकप्टरमार्फत काठमाडौंबाट सिन्धुपाल्चोक जाँदै छ ।
भोटेकोशी थुनिएको र बाँध फुटेर आकस्मिक बहाव बढेको अनुमान
जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रका अनुसार बाह्रबिसेमा राति साढे १२ बजे भोटेकोशी नदीको जलसतह ०।५ मिटर घटेर १२ः५० बजे एक्कासी १।१ मिटर बढेको थियो ।
माथिल्लो तटीय क्षेत्रमा भोटेकोशी केहीबेर थुनिएको र बाँध फुटेर आकस्मिक बहाव आएको हुन सक्ने अनुमान बाढी सूचना केन्द्रले गरेको छ । केन्द्रले भोटेकोशी–सुनकोशी नदी तटीय क्षेत्रमा विहान १० बजेसम्मै सतर्कता अपनाउन आग्रह गरेको छ ।’
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




