काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण नेपालमा थप तीनजनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले थप तीन जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् ।

मन्त्रालयका अनुसार २ जना काठमाडौं र १ जना सिन्धुपाल्चोकका रहेका छन् । काठमाडौं महानरपालिका–१० शंमखुलका ६० वर्षीय पुरुष, गोकर्णेश्वर–४ का ४५ वर्षीय पुरुष र सिन्धुपाल्चोक पाँचपोखरीका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार