भैरहवा । बन्दाबन्दीका कारण लामो समय थन्किएका लुम्बिनी मेट्रो सिटी प्रालिका एसी सुविधासहितका बस आइतबारदेखि सञ्चालनमा आउने भएका छन् । सरकारले छोटो दूरीका सार्वजनिक सवारीका साधन सञ्चालन गर्ने निर्णय गरेकामा स्वागत गर्दै प्रालिले आइतबारबाट यातायात सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष धनबहादुर अधिकारीले जानकारी दिए ।
सरकारले छोटो दूरीका यातायात सञ्चालन गर्न अनुमति दिएपछि लुम्बिनी मेट्रो सिटीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र भौतिक पूर्वाधार तथा विकास मन्त्रालयसँग समन्वय गरी यातायात सञ्चालनमा ल्याउने निर्णय गरेको उनले बताए ।
उनले गृह मन्त्रालयले जारी गरेका सबै मापदण्ड पूरा गरी सुरक्षित तरिकाले यातायात सञ्चालन गर्ने बताए । हामीले तीन महिनाभन्दा बढी बन्दाबन्दी बेहो¥यौँ, मुलुक विपद्मा परेको अवस्थामा सर्वसाधारणको सेवाका लागि हाम्रो सेवा सुचारु गर्ने निर्णय गरेका हौँ, अधिकारीले भने, “हामी सुरक्षित तरिकाले बस सेवा सञ्चालनमा ल्याउनेछौँ । ”
राज्यले गरेको निर्णय अनुरूप यात्रुलाई बसमा चढाउनुअघि सेनिटाइजर र थर्मल गनबाट ज्वरो जाँच गरेर बसभित्र प्रवेश गर्न दिइने, बसभित्र भौतिक दूरी कायम गरिने, सहचालकले पीपीई लगाएर मात्र काम गर्न लगाइनेजस्ता मापदण्ड पूरा गरेर सञ्चालन गरिने यातायात व्यवसायी प्रकाश पुनले बताए । हाल आठवटा एसी बस सञ्चालनमा ल्याएको प्रालिले बेलहिया नाकादेखि बुटवलको गोलपार्क र बर्दघाटसम्म प्रत्येक आधा घण्टामा सवारीसाधन सञ्चालन गर्ने जनाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




