काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १ सय ३३ जनामा कोरोना संक्रमण देखिदा १ जनाको मृत्यु भएको छ । ३ हजार ९ सय ८७ जनाको परीक्षण गर्दा १ सय ३३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्‍त्रालयले जानकारी दिएको छ ।

त्यस्तै कोरोना संक्रमण निको भई १ सय ७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ९४७ पुगेको छ । वीरगन्जका १ महिलाको मृच्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार