काठमाडौं, १० साउन । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सवेन्द्र खनाल आएका छन् ।
ट्राफिक प्रहरीको कारबाही निष्प्रभावी भएको भन्दै महाशाखा प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआइजी) मिङमार लामालाई हटाएर खनाललाई ल्याइएको हो । खनाल यसअघि अपराध महाशाखाको प्रमुखमा थिए ।
प्रहरी महानिरीक्षक प्रकाश अर्यालले खनाललाई मंगलबार नै हाजिर हुने गरी महाशाखा पठाएका छन् । खनालले उपत्यकाको ट्राफिक व्यवस्थापनमा देखिएका चुनौतीलाई चिर्दै अगाडि बढ्ने बताएका छन् ।

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार