काठमाडौं, १० साउन । यसवर्षको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ ।
६८ हजार भन्दा बढीले कोरियन भाषा परीक्षा दिएका थिए । यसपटक सबैभन्दा धेरै अर्थात १२ हजार १०८ उत्तीर्ण भएको ईपीएस कोरिया शाखा प्रमुख बाबुराम खतिवडाले जानकारी दिए । उनका अनुसार कृषितर्फ करिब साढे सात हजार परीक्षार्थी उत्तीर्ण भएका छन् । या गतवर्षको भन्दा तीनगुणा बढी हो । अघिल्लो वर्ष ३५ सय युवा कोरियन भाषा परीक्षामा उत्तीर्ण भएका थिए । सरकारले यसअघि असार १६ गते नतिजा प्रकाशित गर्ने तालिका बनाएको थियो । तर, केही परीक्षार्थीले जेठ २७ र २८ गतेको परीक्षामा जाँच दिन नपाएपछि फेरि एक हप्ता कम्प्युटरमार्फत परीक्षा लिएर नतिजा प्रकाशित गरिएको हो ।
परीक्षामा उत्तीर्ण भएका सबै कोरिया जान पाउँछन् भन्ने ग्यारेन्टी भने नहुने ईपीएस शाखाले जनाएको छ । पास भएकालाई रोष्टर लिष्टमा राखेर लेबर कन्ट्रयाक्ट दिने गरिएको छ ।
हेर्नुहोस् भाषा परीक्षाको नतिजा

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार