काठमाडौं । निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरण जति रहस्यमय बनेको छ, उति नै यसको अनुसन्धान सुस्त पनि छ। पछिल्लो समय निर्मला हत्या अनुसन्धान एउटा परीक्षणले रोकिएको छ। घटनास्थलमा भेटिएको सर्टको टुक्राको फाइबर परीक्षणको रिपोर्ट दुई वर्ष बित्दा पनि आएको छैन। उक्त सर्टको टुक्रा दिलीपसिंह विष्टको हो कि होइन भनेर परीक्षण अनिवार्य बनेको छ।
सर्टको टुक्राको परीक्षण भारतको सुविधासम्पन्न फरेन्सिक ल्याबमा पठाउनुपर्ने राय गृह मन्त्रालयले परराष्ट्रलाई दिएको थियो। परराष्ट्रले भारतको दिल्लीस्थित नेपाली दूतावासमा समन्वय गरेकोसम्म देखिन्छ। तर, नमुना परीक्षण भने अझै भइनसकेको प्रहरी मुख्यालयले जनाएको छ।
प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले निर्मला हत्या अनुसन्धानले थप पूर्णता पाउने दाबी गरे। उनले भने, ‘अनुसन्धान गर्ने प्रहरी कर्मचारीमाथि नै अदालतमा मुद्दा चलेको थियो। उनीहरूले सफाइ पाएका छन्। अब ती अनुसन्धान अधिकृतकै सहयोगमा थप अनुसन्धानअघि बढ्नेछ।’
घटना अनुसन्धनका लागि अहिले पनि सीआइबीको टोली कञ्चनपुरमै छ। घटना स्थलमा भेटिएको सर्टको टुक्राको परीक्षण प्रक्रियामै रहेको उनले बताए। आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




