काठमाडौं । कोरोना संक्रमितको ‘हट स्पट’ बनेपछि पर्साको वीरगञ्ज महागरपालिकाबाट सुरु गरिएको निषेधाज्ञा अहिले जिल्लाभर लागू गरिएको छ । पर्सामा हालसम्म कोभिड–१९ बाट १७ जनाको मृत्यु भएको छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार हालसम्म ६०४ जनामा संक्रमण पुष्टि भएको छ ।
जिल्ला सुरक्षा समितिको निर्णय अनुसार साउन १० मा महानगर क्षेत्रमा जारी निषेधाज्ञा साउन १९ देखि जिल्लाभर लागु गरिएको छ । स्थानीय प्रशासन ऐन ०२८ को दफा ६ ९३० र संक्रामक रोग ऐन २०२० अनुसारको अधिकार प्रयोग गरे प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा र कर्फ्यू आदेश जारी गर्न सक्छन् ।
पर्सासहित बारा, सप्तरी, स्याङ्जा सर्लाही र बाँके जिल्लाभर स्थानीय प्रशासनले निषेधाज्ञाको निर्णय गरेका छन् । मन्त्रिपरिषद्ले लकडाउन खुलाउने निर्णय गरेपनि संक्रमण बढेपछि ती जिल्लामा निषेधाज्ञा गर्नुपरेको प्रमुख जिल्ला अधिकारीहरु बताउँछन् ।
महोत्तरीमा एकजनाको मृत्यु भएपछि स्थानीय प्रशासनले जलेश्वर नगरपालिका र महोत्तरी गाउँपालिकाका ३ र ५ नम्बर वडामा जारी गरेको निषेधाज्ञाको समय सकिएको छ ।
अब, फेरि निषेधाज्ञा जारी गर्ने कि नगर्ने भन्नेबारे छलफल भइरहेको जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रजिअ कृष्ण बहादुर कटुवालले जानकारी दिए । महोत्तरीमा संक्रमितको संख्या ९१६ पुगेको छ ।
महोत्तरीमा जस्तै, उपत्यका बाहिरका ७ जिल्लामा सिमाना तोकेर निषेधाज्ञा जारी गरिएको छ । धनुषा, मोरङ, नुवाकोट, झापा, सुनसरी, बझाङ र दार्चुलामा सीमाना तोकेर निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले जानकारी दिए ।
बझाङको केदारस्यूँ गाउँपालिकाको ६ र ७ नम्बर वडा तथा थलाराको ५ नम्बर वडामा निषेधाज्ञा जारी गरिएको प्रजिअ कमलराज भण्डारीले बताए । उनले भने, ‘संक्रमितको संख्या धेरै भएका ठाउँमा जोखिम कम गर्ने उद्धेश्यले निषेधाज्ञा जारी गरेका छौँ ।’ बझाङको बुंगल नगरपालिकामा मृत्युपछि स्वाव संकलन गरिएको ६२ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । संक्रमण पुष्टि भएका २६७ मध्ये १६६ जना निको भएर घर फर्केका छन् ।
झापाको विर्तामोड नगरपालिका र अर्जुनधारा नगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ । धनुषाको जनकपुर उप–महानगर र क्षीरेश्वरनाथ नगरपालिकामा पर्ने केही भागमा निषेधाज्ञा जारी गरिएको छ । मोरङ र नुवाकोट जिल्लाका केही क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिकाका वडा नम्बर ६, ७ र ८ मा निषेधाज्ञा जारी गरिएको छ । दार्चुलाको मार्मा गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ । स्थानीय प्रशासन ऐन अनुसार निषेधाज्ञा जारी गरिएको क्षेत्रमा भेलाजम्मा हुन पाइँदैन, तोकिएको अत्यावश्यक सेवाबाहेक सवारी आवागमन र पसल खोल्न पाइँदैन ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




