काठमाडौं । कोरोना भाइरस संक्रमण पुष्टि भएकामध्ये केही संक्रमित भागेकाले संक्रमणको जोखिम बढ्न सक्ने देखिएको छ । बुधबार उपत्यकामा संक्रमण पुष्टि भएका १ सय २ जनामध्ये आठ जना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कबाहिर रहेको पाइएको हो । बुधबार बिहानसम्म १६ जना संक्रमित सम्पर्कबाहिर रहेकामा बिहीबार आठ जना सम्पर्कमा आएका छन् । बाँकी आठ जनाको कुनै अत्तोपत्तो छैन ।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाका अनुसार सम्पर्कबाहिर रहेका केही संक्रमितले सम्पर्क नम्बर नै गलत राखेका छन् । इडिसिडीले स्वाब संकलन गरेकामध्ये केहीले अपुरो सम्पर्क नम्बर दिएको जनाएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत कोइरालाले भने, ‘केही संक्रमितलाई सम्पर्क गर्न खोज्दा मोबाइल अफ छ । सम्पर्क गर्न खोज्दा केहीको गलत नम्बर रहेछ । संक्रमितको पहिचानका लागि नम्बर ट्र्याक गर्न नेपाल टेलिकम, प्रहरीलगायतका निकायको सहयोगमा खोजिरहेका छौं ।’
संक्रमितहरू सम्पर्क बाहिर रहँदा कन्ट्याक्ट ट्रेसिङलगायतमा समस्या हुने गर्छ । जसले गर्दा संक्रमितको सम्पर्कमा आएकाहरू थप जोखिममा पर्ने चिकित्सकको भनाइ छ ।
सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनले संक्रमण रोकथाममा स्वयं व्यक्ति नै सचेत र सजग हुनुपर्ने बताए । उनले भने, ‘सबैभन्दा मुख्य कुरा आत्मानुशासन हो । र, जनस्वास्थ्यका न्यूनतम मापदण्ड सबैले पूर्ण रूपमा पालना गर्नुपर्छ ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वाबको नतिजा नआउँदासम्म होम क्वारेन्टिनमै बस्न आग्रह गर्दै आएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले भने, ‘स्वाब संकलन गरिसकेपछि नतिजा नआउँदासम्म होम क्वारेन्टिनमै बस्नुस् । नत्र झन् जोखिम बढ्न सक्छ ।’
लकडाउन खुलेयता हालसम्म ३ हजार ९ सय ५ जना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा पछिल्लो चौबिस घण्टामा थप ८७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। गौतमका अनुसार काठमाडौंमा ७६, ललितपुरमा १० र भक्तपुरमा १ जना गरी कुल ८७ जनामा संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ३ सय ६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या २१ हजार ७ सय ५० जना पुगेको छ ।
बिहीबार २ सय ३३ जना उपचारपछि निको भई डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म १५ हजार ३ सय ८९ जना उपचारपछि निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म ६४ जना संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो समय संक्रमितमा श्वासप्रश्वासमा गाह्रो हुने, झाडापखाला, ज्वरोलगायतका लक्षण देखिन थालेको चिकित्सकहरू बताउँछन् । हालसम्म ४ लाख १९ हजार ५ सय ७५ जनाको आरटी–पिसिआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ । देशभर ९ हजार ४ सय ७० जना क्वारेन्टिनमा बस्दै आएका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




