काठमडौं । पछिल्लो २४ घण्टामा ५८१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ५२० नमुना परीक्षण गर्दा उपत्यकामा १६८ सहित ५८१ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ । उनीहरुमध्ये १०७ जनाको मृत्यु भएको छ भने १७ हजार ४९५ जना निको भएका छन् ।
कहाँ कति थपिए संक्रमित ?
उपत्यकामा १६८ संक्रमित थपिएका छन् । उनीहरुमध्ये काठमाडौंका १३९ जना छन् भने ललितपुरका १५ र भक्तपुरका १४ जना छन् । यस्तै पर्साका ७७ जना, बाराका ५९, मोरङका ४०, रुपन्देहीका ३२, सुनसरीका ३१, प्युठानका २८, बाँकेका २४, सर्लाहीका १७, कैलालीका १६, कास्कीका १५, कञ्चनपुरका १२ र रौतहटका ११ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी झापाका ८ जना, सिन्धुपाल्चोकका ५, काभ्रे, स्याङ्जा, मकवानपुर र धादिङका ४–४ जना, धनुषा र जुम्लाका ३–३ जना, महोत्तरी, नवलपुर, कपिलवस्तु, तनहुँ र दाङका २–२ तथा सल्यान, सप्तरी, डडेलधुरा, दैलेख, सुर्खेत, अर्घाखाँची, चितवन र नुवाकोटका १–१ जनामा पनि संक्रमण देखिएको छ ।
११३ जना आईसीयूमा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार ६३९ जना संक्रमित आइसोलेसनमा छन् । उनीहरुमध्ये ६ जना भेल्टिलेटर र ११३ जना आईसीयूमा छन् ।
सबैभन्दा धेरै बाग्मती प्रदेशमा ५९ र प्रदेश २ मा ४१ जना संक्रमित आईसीयूमा छन् । प्रदेश १ र गण्डकीमा एकएक जना र प्रदेश ५ मा ११ जना संक्रमित आईसीयूमा रहेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




