{"origin":"gallery","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1597748889270","source":"other"}

टोकियो । जापान नेपाली एकता समाज क्षेत्रिय समिती टोक्योले, कोभिड-१९ को संक्रमण जोखिमका कारण यस वर्ष तिज कार्यक्रम नगर्ने भएको छ ।
समाजले मंगलबार एक विज्ञप्ती जारी गरि सो, कुरा जानकारी गराएको हो ।

विज्ञप्तीमा भनिएको छ- समाजले यस अघिका वर्षहरुमा , जापानमा रहेका नेपाली महिला विच मनाइने नेपाली सांकृतिक पर्व तिजलाई महिलाहरूको हक – अधिकार जागरण जगाउने प्रगतिशिल तथा जनसांकृतिक गित संगीत सहितको तिज कार्यक्रम आयोजना गर्ने तथा यस किसिमका कार्यक्रममा सक्दो सहयोग र समर्थन गर्दै आएको कुरा यहाँहरुमा सर्वविदितै छ । विश्वव्यापी ( माहामारी कोभिड -१ ९ ) का कारण विश्व मानव समाज नै प्रभावित बनिरहेको छ । यसै परिप्रेक्षमा , समुहमा मनाइने कार्यक्रमले नेपाली समुदायमा फैलन सक्ने संभावनालाई मध्यनजर गर्दै यस वर्षको तिज संबन्धी कार्यक्रम नगर्ने निर्णय गरिएको यसै विज्ञप्ति मार्फत जानकारी गराउछौ ।

समाजले आफ्नो कार्यक्रम स्थगित गर्दै जापानमा रहेका सम्पूर्ण नेपाली समुदायहरुलाई पनि विशेष अपिल गरेको छ । विज्ञप्तीमा अगाडि लेखिएको छ- विश्व स्वास्थ्य संगठनले जारी गरेको कोभिड- १ ९ सचेतना तथा सजगता संबन्धी प्रोटोकललाइ सहयोग गर्दै र आफू र आफ्नो समुदायको स्वास्थ्य सुरक्षाको लागी यस किसिमका कुनै पनि कार्यक्रम को आयोजना नगर्न पनि जापानबासी नेपाली हरुमा हार्दीक अपिल गर्दछौ ।
हेर्नुहोस् विज्ञप्ती जस्ताको त्यस्तै


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार