काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकामा यो हालसम्मकै उच्च संक्रमण हो ।

जसमध्ये काठमाडौंमा १ सय ३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा बितेको २४ घण्टामा थप १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या २८ हजार २ सय ५७ जना पुगेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार