काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप १५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १३४, ललितपुरमा १७ र भक्तपुरमा ८ जना रहेका छन् ।

यस्तै देशभर ६८१ जनामा संक्रमण पुष्टि भएको बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए । योसँगै देशभर संक्रमितको कुल संख्या २८ हजार ९३८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १२० जना संक्रमण मुक्त भएका छन् भने निको हुनेको कुल संख्या १७ हजार ७०० पुगेको छ । यसैबीच पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ भने मृतकको कुल संख्या १२० पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार