काठमाडौं । कक्षा १२ को परीक्षामा जुटेका विद्यार्थीलाई छिट्टै नै उच्च शिक्षामा अध्ययन गर्ने बाटो खुला हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीको स्थगित परीक्षाको निकास दिने गरी प्रक्रिया अगाडि बढाउने भएपछि विद्यार्थीको उच्च शिक्षा अध्ययन गर्ने बाटो खुल्ने भएको हो ।
बोर्डका (कक्षा ११ र १२ हेर्ने) परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी स्थगित परीक्षा छिट्टै लिने अन्तिम तयारीमा आफूहरू जुटेको र दशैँअघि नै हुने जानकारी दिए । विद्यार्थीलाई २१ दिनअघि नै पूर्वसूचना दिएर दशैँअघि नै परीक्षा लिने तयारी परिषद्का अधिकारीहरू जुटेका छन् ।
नयाँ विकल्प
बोर्डले विद्यार्थीको शैक्षिक सत्र सदुपयोग गर्ने गरी कुनै विधि अपनाएर परीक्षा सञ्चालन गरिनु पर्ने विषयमा छलफल चलाइरहेको छ । कक्षा १२ को परीक्षाले एक तहको शैक्षिक तह पूरा नै गर्ने र यसले अन्तर्राष्ट्रिय तहको मान्यता पनि पाउने भएकोले परीक्षा लिएर बाहेक अन्य विधिबाट काम गर्न सकिने अवस्था नरहेको परीक्षा नियन्त्रक शर्माले बताए ।
यस क्रममा ५० अङ्कको लिखित तथा ५० को अन्य विधिबाट विद्यार्थीको मूल्याङ्कन गर्न सकिने, विद्यार्थी सङ्ख्या कम भएको ठाउँमा सामाजिक दूरी कायम राख्दै परीक्षा सञ्चालन र अनलाइन विधिबाट भए पनि परीक्षा लिन सकिने लगायतका विकल्प खुला गर्ने सम्भावना रहेको जनाइएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




