काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १०६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले महिला ३४४ र पुरुष ७२५ गरी १०६९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४० हजार नाघेको छ । उनका अनुसार संक्रमितको कुल संख्या जम्मा ४० हजार ५२९ पुगेको हो । यस्तै बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेको गौतमले जानकारी दिए ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ११२ रहेको छ। यस्तै संस्थागत आइसोलेशनमा १० हजार ८३२ र होम आइसोलेशनमा ७ हजार २८० जना रहेका छन् । १२ हजार ८८ जनाको पीसीआर परीक्षण भएको गौतमले बताए । यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ७६८ रहेको छ भने कुल निको हुनेको संख्या २२ हजार १७८ जना रहेको छ ।
मृतकको विवरण
नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट एक चार वर्षिया बालिका सहित थप ११ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार एक ४ वर्षीया बालिका र १० जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । पर्सामा ३ तथा काठमाडौं र महोत्तरीमा २-२ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतमले बताए ।
पर्सामा ५३, ८० र ६० वर्षीय पुरुषको मृत्यु भएको हो । यस्तै महोत्तरीमा ४ वर्षीया बालिका र ३७ पुरुष तथा काठमाडौंमा काठमाडौं ७० र ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । यसैगरी सिरहामा ६५ वर्षीय, बारामा ६० वर्षीय, चितवन ५२ वर्षिय र मकवानपुर ५८ वर्षीय पुरुषको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ३९ पुगेको छ ।
संक्रमितको प्रदेशगत विवरण
आज देशभरी सक्रिय संक्रमित १८ हजार १ सय १२ जना रहेकोमा प्रदेश नम्बर १ मा १ हजार २ सय ८६, प्रदेश नम्बर २ मा १ हजार ५ सय १६, बागमती प्रदेशमा ४ हजार ९ सय ६ र गण्डकी प्रदेशमा ५ सय ७५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १ हजार २ सय ९३, कर्णाली प्रदेशमा ३ सय ५९ र सुदूरपश्चिम प्रदेशमा ८ सय ९७ जना गरी संस्थागत आइसोलेसनमा १० हजार ८ सय ३२ जना उपचाररत रहेका छन् ।
प्रदेश नम्बर १ मा ५ सय ४४, प्रदेश नम्बर २ मा ४ हजार ९१, बागमती प्रदेशमा २ हजार १ सय ६ र गण्डकी प्रदेशमा ३८ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ३ सय २३, कर्णाली प्रदेशमा ४५ र सुदूरपश्चिम प्रदेशमा १ सय ३३ जना गरी देशभरी होम आइसोलेसनमा ७ हजार २ सय ८० जना रहेका छन् ।
प्रदेश नम्बर १ मा ४ जना, प्रदेश नम्बर २ मा २९ जना, बागमती प्रदेशमा ७५ जना, गण्डकी प्रदेशमा ६ जना र प्रदेश नम्बर ५ मा १३ गरी देशभरी १ सय २७ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । यस्तै बागमती १४ जना र प्रदेश नम्बर ५ मा ३ जना गरी १७ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
डिस्चार्ज प्रदेशगत विवरण
यस्तै प्रदेश नम्बर १ मा १ हजार ६ सय २५, प्रदेश नम्बर २ मा ५ हजार ३ सय ९७, बागमती प्रदेशमा १ हजार ३ सय ३६ र गण्डकी प्रदेशमा १ हजार ७ सय ८ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ५ हजार २३, कर्णाली प्रदेशमा २ हजार १ सय १ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ९ सय ८८ जना गरी २२ हजार १ सय ७८ जना संक्रमण मुक्त भएका छन् । क्वारेन्टिनमा ७ हजार ३ सय ९० जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




