काठमाडौं । कोरोना भाइरसबाट मृत्यु भएकालाई परिवारबाट अलग राखेर ‘किड्नी, आँखा र लिभर निकाल्ने गरिन्छ’ भन्दै अफवाह फैलाउने प्राकृतिक चिकित्सक सुवास सुब्बा लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले सुब्बालाई सोमबार ललितपुरको ढोलाहिटीबाट पक्राउ गरेको हो । प्राकृतिक चिकित्सक लिम्बुले एक युट्युब च्यानलमा बोल्दै ‘अस्पतालले आफन्तलाई भित्र छिर्न नदिएर संक्रमणबाट मृत्यु भएकाको शरीरको अंग निकालेर बेच्ने गरेको’ बताएका थिए ।
‘नेपालमा कोरोना नै छैन, नत्र सडकमा बस्नेलाई किन लाग्दैन रु’ भन्दै उनले सो युट्युब च्यानलमा भनेका छन्– ‘सरकारमा मगन्तेहरु बसेका छन्, कोरोना भ्रष्टाचार गर्ने बहाना बनेको छ ।’ सुब्बाको अन्तर्वार्ता ९२ हजारले हेरेका छन् ।
प्राकृतिक चिकित्सक सुब्बाले कोरोनाविरुद्ध आफूले भ्याक्सिन बनाएको दावी गरेका छन् । उनले अफवाह फैलाउने अभिव्यक्ति दिएको हुनाले पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी दिपक थापाले रातोपाटीलाई बताए ।
मुलुकी अपराधसंहिता ०७४ को दफा ७० मा झुटा अफवाह फैलाएमा वा प्रचार प्रसार गरेमा १ बर्ष कैद वा १० हजार रुपैयाँ जरिवाना अथवा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




