वीरगन्ज । डेढ महिनापछि वीरगन्जमा सबै प्रकारका पसल खुलेका छन् । शुक्रबारबाट एकैपटक सबै पसल खुलेका हुन् । गएको भदौ १९ यता एक साइडमा पालो गर्दै खुल्न थालेका बजार क्षेत्रका पसल एकैपटक भने साउन १० यता बल्ल खुलेका हुन्।
कोरोना महामारीको उच्च जोखिम बढेसँगै सुरुमा वीरगन्ज क्षेत्र र पछि जिल्लाभरिमा नै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि आर्थिक नगरी वीरगन्जका पसल प्रायः सबै बन्द थिए ।
बजारका पसल सबै खुले पनि त्यसको सुरक्षा सतर्कता भने व्यापारी आफैंले अपनाउनुपर्ने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । पसल खोल्ने सयय पनि बिहान ११ बजेबाट साँझ ४ बजेसम्मका लागि तय भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।
तरकारी पसल बिहान ८ बजेसम्म मात्र खोल्न पाइने
सागसब्जी र तरकारीका पसल भने हरेक दिन बिहान ५ बजेबाट ८ बजेसम्म मात्र खोल्न पाइने जिल्ला सुरक्षा समितिको निर्णयमा उल्लेख गरिएको छ । अरूखाद्यान्न, लत्ता कपडा, हार्डवेयरलगायत सबै प्रकारका पसल भने बिहान ११ बजेबाट साँझ ४ बजेसम्म मात्र खोल्न मिल्ने गरी निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको पत्रमा उल्लेख छ । आजको राजधानी दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




