काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १२०१ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै हालसम्म ५३ हजार १२० संक्रमितको संख्या पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले शनिबारको नियमित प्रेस व्रिफिङमा १२०१ संक्रमित थपिएको जानकारी दिएका हुन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ८५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३७ हजार ५२४ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोनाले मृत्यु भएको छ । यो सँगै ज्यान गुमाउनेको संख्या ३३६ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार